ऋषिको मृत्यु भएको ३ दिनपछि श्रीमती नितूले लेखिन् पोस्ट, स्वास्थ्यकर्मीलाई दिइन् धन्यवाद
बलिउड नायक ऋषि कपुर बित्दा उनकी श्रीमती नीतू कपुर असाध्यै विक्षिप्त बनेकी छिन् । ऋषि कपुर क्यान्सरसँग लडिरहेका थिए । विगत दुई वर्षदेखि उनको उपचार चलिरहेको थियो ।
सन् २०१९ मा जब ऋषि कपुर उपचारका लागि न्यूयोर्कमा थिए तब त्यतिबेला नीतू सधैं उनीसँगै थिइन् । नीतू कपुरले ऋषि कपुरको निधन भएपछि एक पोस्टमार्फत् डाक्टर र अस्पताललाई धन्यवाद दिएकी छिन् ।
नीतूले इन्स्टाग्राममा ऋषि कपुरको २ वटा फोटो सेयर गरेकी छिन् । यससँगै उनले क्याप्सनमा लेखिन्, ‘यो हाम्रो लागि गहिरो दुःखको घडी हो । जब हामी सँगै बसेर पुरानो समय याद गर्छौं तब हामी डाक्टरप्रति भारी आभार महसुस गर्छौं । एचएन रिलायन्सका डाक्टरले हामीलाई अत्यधिक मद्दत गर्नुभयो । डाक्टर तरंगका नेतृत्वमा डाक्टर र नर्सले मेरा श्रीमानको उपचार यसरी गर्नुभयो कि हामी उहाँहरुकै कोही नजिकका हौं । उहाँहरुले हामीलाई आफ्नै ठानेर सर–सल्लाह दिनुभयो । यी सबैका लागि म उहाँहरुलाई भित्री मनदेखि आभारी छु ।’
नीतू कपुरले सोसल मिडियामार्फत् आफ्ना भावना व्यक्त गरिरहेकी छिन् । उनले यसअपघ ऋषि कपुरको एउटा फोटो सेयर गर्दै लेखिन्, ‘हाम्रो कहानीको अन्त्य यहाँ भयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण