सामाजिक दुरीको आफैंले उल्लंघन गरेपछि ‘प्रोफेसर लकडाउन’ ले दिए राजीनामा
बेलायतमा लकडाउनको सिफारिश गर्ने प्राध्यापक निल फर्ग्यूसनले आफैंले सामाजिक दुरीको पालना नगरेको भन्दै आफ्नो पदबाट राजीनामा दिएका छन् ।
उनी कोरोनाको विषयमा बेलायती सरकारका प्रमुख सल्लाहकार हुन् ।
आफ्नो राजीनामाबारे घोषणा गर्दै उनले भने, ‘म स्विकार गर्छु कि मैले गलत गरेँ । त्यसकारण म आफ्नो पदबाट हट्दैछु । यो माहामारीलाई नियन्त्रण गर्नका लागि सामाजिक दुरीको लगातार आवश्यकता छ भन्ने कुरा स्पष्ट छ, मैले यो कुरालाई नजरअन्दाज गरेँ, यसमा मलाई गहिरो अफसोस छ ।’
लण्डनको डेली टेलिग्राफ पत्रिकाले एक रिपोर्ट छापेको थियो जसमा भनिएको थियो – प्राध्यापक निलले एक महिलालाई आफ्नो नजिक आउन दिएका थिए जुन सामाजिक दुरी नियमको उल्लंघन थियो ।
प्राध्यापक फर्ग्यूसन ‘सेन्टर फर ग्लोबल इन्फेक्सन डिजीज एनालिसिस’ का निर्देशक हुन् । यो संस्थाले सरकार र विश्व स्वास्थ्य संगठनलाई अफ्रिकामा इबोलादेखि अहिलेको कोरोना महामारीसम्ममा सल्लाह दिँदै आएको छ ।
यही संस्थाले जनवरीमा संसारलाई कोरोनाको खतराबारे चेतावनी दिएको थियो ।
जब चीनका अधिकारीले ऊहानमा दर्जन मानिसमात्रै कोरोनाबाट संक्रमित भनिनरेहका बेला यो संस्थाले ऊहानमा हज्जारौं नभएपनि कम्तीमा सयौंको संख्यामा संक्रमित भएको दाबी गरेके थियो ।
प्राध्यापक निलको समूहले आफ्नो अनुसन्धानको आधारमा यदि तत्काल कुनै कारवाही नगरे बेलायतमा कोरोनाभाइरसका कारण करिब पाँचलाख बढीको मृत्यु हुनसक्ने चेतावनी पनि दिएका थिए ।
उनकै सल्लाहमा बेलायतमा प्रधानमन्त्री बोरिस जोनसनले २३ मार्चदेखि लकडाउन घोषणा गरेका थिए ।
त्यतिबेला प्राध्यापक निल बेलायतमा ‘प्रोफेसर लकडाउन’ को नामबाट चर्चित भएका थिए ।
तर आफ्नो पदबाट राजीनामा दिने उनी बेलायतका पहिलो स्वास्थ्य विशेषज्ञ भने होइनन् ।
उनी अघि ६ अप्रिलमा स्कटल्याण्डकी चीफ मेडिकल अफिसर डाक्टर क्याथरिन केलरवुडले लकडाउनको क्रममा दुई पटक आफ्नो अर्को घर गएका कारण आफ्नो पदबाट राजीनामा दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण