स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन र नियमावली परिमार्जन गर्न माग
काठमाडौँ । नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको मनोबल उच्च पार्न मन्त्रिपरिषद्मा विचाराधिन रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई परिमार्जन गरी कानूनी व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष माग गरेको छ ।
महासचिव डा. बद्री रिजाल रिजालद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘२०७६ चैत्र २२ गतेको मन्त्रीपरिषद्को बुँदा नम्बर २ को निर्णय अनुसार कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको क्रममा संलग्न चिकित्सक, नर्स, र प्राविधिक स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रबन्ध गृह मन्त्रालयले मिलाउने र उपचारको क्रममा संलग्न स्वास्थ्यकर्मीहरुलाई बाधा विरोध गर्ने व्यक्तिहरुलाई डिउटीमा खटिएका सुरक्षाकर्मीको कार्यसम्पादनमा बाधा, विरोध गर्नेलाई हुनेसरहको प्रचलित कानून बमोजिमको कारवाही गर्ने निर्णय गरिएकोमा हाल मन्त्रि परिषद्मा बिचाराधिन रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई परिमार्जन गरी कानूनी व्यवस्था मिलाई स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको मनोबल उच्च पार्न नेपाल चिकित्सक संघ नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।’
स्वास्थ्यक्षेत्र संवेदनशील एवं मानवजीवनसँग प्रत्यक्ष सरोकार राख्ने अत्यावश्यक सेवा अन्तर्गत रहेकोले यस क्षेत्रलाई शान्ति क्षेत्रको रुपमा घोषणा गर्नु पर्ने नेपाल चिकित्सक संघको ठहर छ ।
संघले बुद्धजयन्तीका अवसरमा विश्व शान्तिको कामना गर्दै कोरोना महामारीविरुद्धको लडाईंको अग्र भागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयंसेवकप्रति उच्च सम्मानस्वरुप तथा सक्रमितको शीघ्रस्वास्थ्यलाभ र मृत्युवरण गरेकाहरुको आत्माको चीर शान्तिको कामनाका लागि दीप प्रज्वलन गरिएको प्रति आभार व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण