लकडाउनमै बन्यो योगेश्वर र जेम्सको गीत ‘मलाई एकछिन देउ’
काठमाडौं – लकडाउन पुस्तक पढेर र फिल्म हेरेर बिताउने थुप्रै कलाकार छन् । केही कलाकार भने यस्तो समयको पनि सदुपयोग गर्दै नयाँ गीत संगीत श्रृजना गरिरहेका छन् ।
यस्तैमा संगीतकर्मी न्युह बज्राचार्य, योगेश्वर अमात्य र जेम्स प्रधानले भने ‘मलाई एकछिन देउ’ बोलको गीत बनाएका छन् । दुर्गालाल श्रेष्ठको शब्द न्यूह बज्राचार्यको संगीत रहेको गीतमा न्युह बज्राचार्य, योगेश्वर अमात्य र जेम्स प्रधानको स्वर रहेको छ ।
गतिमा गोपाल रसाइलीले गितार र सुन्दर महर्जनले पर्कसनमा साथ दिएका छन् । सबैजनाले आफ्नो घरमा सुरक्षित रहेर लकडाउनको पालना गर्दै गीत तयार पारेका हुन् ।
गायक जेम्स प्रधानले गीत सामाजिक संजाल मार्फत सार्वजनिक समेत गरेका छन् । उनले गीत सार्वजनिक गर्दै लेखेका छन् ‘हाम्रो अघिल्लो सांगीतिक प्रयास साह्रै मनपराईदिनु भयो । अर्काे गर्नु पर्ने तपाईको सल्लाहले यो गीत ल्याएका हौ ।’
यस अघि पनि न्यूह बज्राचार्य, योगेश्वर अमात्य, जेम्स प्रधान र सुन्दर महर्जन मिलेर ‘क्या बोर भयो’ गीत तयार पारेका थिए । जुन गीत दर्शकले मन पराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण