इरानले गल्तीपूर्वक आफ्नै जहाजमा मिसाइल दाग्यो, १९ को मृत्यु
ओमानको खाडीमा सैन्य अभ्यासको क्रममा एक मिसाइल आफ्नै नौसेनाको जहाजमा खस्दा १९ जलसैनिकको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् ।
यो सैन्य अभ्यासमा इरानी नौसेनाका दुई जहाज समावेश थिए ।
इरानको सरकारी मिडिया रिपोर्टका अनुसार एक नयाँ एन्टी शिप मिसाइलको परीक्षणको क्रममा आइतबार उक्त दुर्घटना भएको हो ।
ओमानको खाडीमा चलिरहेको यो परीक्षणको क्रममा उक्त मिसाइल सैन्य उपकरण लैजाने कोणार्क नामको जहाजको लाइट सपोर्टसँग ठोक्किएको हो ।
यो सैन्य अभ्यास हार्मूज स्ट्रेट नजिकै भइरहेको थियो । मिसाइल युद्धपोत जामरानबाट छोडिएको थियो ।
नियमित परीक्षणः
इरानी सेनाले यस्तो प्रकारको परीक्षण लगातार गरिरहन्छन् ।
सरकारी मिडियो रिपोर्टमा बताइए अनुसार इरानको दक्षिणी तटमा ‘आइतबार दिउँसो सैन्य अभ्यासको क्रममा बन्दर–ए–जस्कमा कोर्णाक जहाजसँग एउटा मिसाइल ठोक्कियो । टार्गेट प्राक्टिसको क्रममा जहाज मिसाइलको सम्पर्कमा आयो किनभने यतिबेला टार्गेट र जहाजबीचको दुरीलाई ध्यानमा राखिएको थिएन ।’
यो दुर्घटना राजधानी तेहरानको दक्षिण पूर्वमा करिब १२ सय ७० किलोमिटर टाढा ओमानको खाडीको पोर्ट अफ जस्कमा भएको हो ।
जमरान र कोणार्क जहाज ईरानी नौसेना प्रयोग गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण