संसदमा बोल्न नपाएपछि सांसदहरुको बबाल (भिडियो)
कठमाडौं । संसदमा प्रि बजेटमाथिको छलफलमा क्रममा आफूहरुले बोल्न नपाएको भन्दै केही सांसदले सभामुख अग्नि सापकोटाको विरोध गरेका छन् । नेकपाका सांसद गंगा चौधरी लगायतका सांसदहरुले आफूहरुलाई सभामुखले बोल्न नदिएको भन्दै उठेर आक्रोश पोखेका हुन् ।
सभामुख अग्निप्रसाद सापकोटाले दलीय आधारमा नाम प्रास्ताव भएको र सोही अनुसार बोल्ने समय निर्धारण गरेको भन्दै सांसदहरुलाई बस्न आग्रह गरे । तर उनीहरुले सुरुमै पालो आउनुपर्नेमा बोल्न नपाएको भन्दै आक्रोश पोखे ।
बैठकमा अधिकांश सांसदहरुले धारणा राखिसकेपछि सभामुख सापकोटाले सांसदहरुको बोल्ने समय सकिएको भन्दै अर्थमन्त्री युवराज खतिवडालाई विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे बोल्न समय दिएपछि बोल्न पालो कुरेर बसेका सांसदहरुले उठेर विरोध गरेका हुन् ।
नेकपाकै सांसद गंगा चौधरीले थारुको चेली भनेर आफूलाई हेपेको भन्दै आक्रोश ब्यक्त गरिन् । अन्य सांसदहरुले पनि बोल्ने ठाउँमा पनि बोल्न नदिएको भन्दै सभामुखमाथि खनिए । सभामुख सापकोटाले आफ्नो ध्यानाकर्षण भएको र समय धेरै नरहेकोले बस्न पटक–पटक आग्रह गर्दा पनि सांसदहरु बस्न मानेनन् । उनले पछि बोल्न समय दिने भनेर सभामुखले सम्झाए पनि उनीहरुले मानेन् । सभामुखले दलीय आधारमा आएको नामका आधारमा समय दिएको बताउँदै आफ्नो दलमा कुरा राख्न आग्रह गरे ।
सांसदहरुले बोल्न पाउनुपर्ने माग गर्दै आक्रोश ब्यक्त गरेपछि अघिल्लो भागको सिटमा बसेकी नेकपा सचेतक शान्ता चौधरीले उनीहरुलाई सम्झाउँदै सिटमा बसाएकी थिइन् । सभामुखले अर्थमन्त्रीलाई बोल्ने समय दिएर अर्थमन्त्री बोलिरहँदा पनि उनीहरु शान्त भएनन् । २ दिन अघिदेखि प्रतिनिधिसभा बैठकमा प्रि बजेटमाथि छलफल चलिरहेको छ । आगामी जेठ २ गते राष्ट्रपति विद्या भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
हेर्नुहोस् भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण