कोरोना संक्रमणबाट जापानका चर्चित रेसलरको मृत्यु
एजेन्सी । जापानमा २८ वर्षीय युवा सुमो रेसलरको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार विश्वमा कोरोना संक्रमणका कारण रेसलरको मृत्यु भएको यो पहिलो घटना हो । सञ्चारमाध्याहरुका अनुसार रेसलर सुबोसीले एक महिनासम्म कोरोना संक्रमणका विरुद्ध निकै संघर्ष गरे तर अन्तमा बुधबार बिहान उनको निधन भयो । सोबुशी टोकियोका ताकाडागावा टोलीका चर्चित रेसलर हुन् ।
जापान सुमो एसोसियसनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘रेसलर सोबुशीलाई अप्रिल ५ देखि ज्वारो आएको थियो । उनले सुरुमा स्थानीय स्वास्थ्यकर्मीहरुसँग उपचारका लागि पहल गरेका थिए । तर फोन व्यस्ता भएका कारण सुरुमै स्वास्थ्यकर्मीहरुसँग उनको सम्पर्क हुन सकेन ।
त्यति मात्र होइन, ज्वरो आएकै कारण धेरै अस्पतालहरुले उनलाई भर्ना समेत लिन मानेनन् । अन्तमा जब उनको खकारमा रगत बग्न थाल्यो, त्यसपछि मात्र उनलाई अप्रिल ८ मा टोकियो अस्पताल भर्ना गरिएको थियो ।’ उनको खकारमा रगत देखिएपछि चिकित्सकहरुलाई कोरोना संक्रमणको विषयमा अध्ययनका लागि नयाँ चीज प्राप्त भएको सञ्चारमाध्यामहरुले दावी गरेका छन् ।
एएफपीका अनुसार सोबुशीको प्रारम्भिक परीक्षणमा नतिजा नेगेटिभ आएको थियो तर अप्रिल १० मा अर्को अस्पतालमा गरिएको परीक्षणमा नतिजा पोजेटिभ देखिएको थियो । उक्त अस्पतालमा उनलाई अप्रिल १९ देखि चिकित्सकहरुको विशेष निगरानीमा राखिएको थियो । अन्तत उनको मृत्यु भयो । यद्यपि, जापानमा धेरै कम मात्रामा रेसलर र प्रशिक्षार्थीहरु कोरोनाबाट संक्रमित रहेका छन् ।
सुमो संघका प्रमुख हक्काकुले उनको मृत्युले आफुलाई स्तव्ध पारेको बताए । जापानमा अहिलेसम्म कोरोना संक्रमितहरुको संख्या १६ हजार ४९ पुगेको छ भने मृत्यु हुनेको संख्या ६ सय ७८ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको अन्तरिम आदेशले दोस्रो पटक काम चलाउन भए मुख्यमन्त्री अधिकारी
-
शिक्षकहरूको काज फिर्ता गर्न देशभरका समन्वय इकाइलाई परिपत्र
-
गण्डकी विवाद : सर्वोच्चले जारी गर्यो अल्पकालीन अन्तरिम आदेश
-
विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता
-
गार्मेन्टको स्वर्णिमयुग फर्काउन बजेटले के–कस्तो व्यवस्था गर्नुपर्छ ?
-
केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक