अमेरिकाले आफ्ना नागरिकको विश्वासलाई अपमान गरेको चीनको आरोप
बिहीबार, ०१ जेठ २०७७, १९ : ४६
एजेन्सी । अमेरिकाले आफ्ना नागरिकको विश्वासलाई अपमान गरेको चीनले आरोप लगाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न अमेरिका असफल भएको आरोप पनि चीनको विदेश मन्त्रालयले लगाएको छ ।
मन्त्रालयका प्रवक्ता झाओ लिजियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले जनताको हितमा काम गर्न नसकेको टिप्पणी गरे । अमेरिकी प्रशासनले चीनलाई समेत कोरोना नियन्त्रणका लागि चीनले खेलेको प्रभावकारी भूमिकाको पनि गलत प्रचार गरेको उनले बताए ।
दैनिक पत्रकार सम्मेलनका क्रममा बिहीबार प्रवक्ता झाओले अमेरिकी अधिकारीहरुले कोरोनाभाइरसको महामारीलाई पनि राजनीतिकरण गरेको आरोप लगाए । उनले भने, ‘आफ्नो जिम्मेवारीभन्दा पनि चीनको विषयमा नभएका हल्लाहरू सिर्जना गर्नु कुनैपनि राष्ट्रका लागि शोभनीय कुरा होइन । यो जायज छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण