कोरोना रोक्न सांसद तुलाचनले प्रधानमन्त्री ओलीलाई हिमाली मह दिएको खुलासा (भिडियो)
काठमाडौं । मुस्ताङका सांसद प्रेमकुमार तुलाचनले कोरोना भाइरस नियन्त्रण गर्नका लागि प्रधानमन्त्री केपी शर्माओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हिमाली मह दिएको खुलासा गरेका छन् । आइतबार प्रतिनिधिसभामा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद तुलाचनले यसबारे जानकारी दिएका हुन् ।
गत बैशाख २६ गते धर्मगुरुको आग्रहअनुसार हिमाली र उच्च पहाडी क्षेत्रमा पाइने महबाट कोरोना भाइरस रोक्न सकिने भन्दै परीक्षणका लागि प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई मह दिएको जानकारी गराएका हुन् । उनले भने– ‘नेपालमा कोभिड–१९ बाट कोही प्रभावित छ भने माननीय ज्यू उसलाई हिमाली मह सेवन गराउनुस् भनेर मलाई धर्मगूरुबाट सुझाव आएको छ र त्यसअनुसार मैले प्रधानमन्त्रीज्यूलाई लिखित रुपमा र स्वास्थ्यमन्त्री ज्यूलाई बोधार्थ रुपमा मह परीक्षणका लागि दिएको पनि जानकारी गराउन चाहन्छु ।
यदि पोजिटिभ रिजल्ट आएको खण्डमा नेपाल लगायत विश्वमा प्राकृतिक महले विश्वबजार ढाक्नेछ र संक्रमितहरु बच्नेछन् ।’यस्तै उनले जडिबुटी प्रशोधन केन्द्र खोलेर कोरोना रोक्ने काम गर्न आग्रह गरेका छन् । यस्तै चीनसँगको कोरोला नाका सुचारु गर्न पनि माग गरेका छन् ।
हेर्नुहोस् भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण