गायक स्वप्निल शर्मा भन्छन्, ‘दाइ, यो नक्सालाई अन्तर्राष्ट्रिय बनाइदिनुस्, परेको बेहोरौँला’
‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न ठोस् कूटनीतिक पहल गरिनेछ’, राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बाचनका क्रममा भनिन्, ‘तदनुरूप नै छुटेको भूमिसमेत समावेश गरि नेपालको नक्सा जारी गरिनेछ।’
राष्ट्रपतिले नीति तथा कार्यक्रमार्फत् घोषणा गरेको ४ दिनमै सरकारले लिम्पियाधुरासहितको नक्सा प्रकाशन गर्ने निर्णय गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार पारेको लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सालाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो ।
आफ्नो अतिक्रमित भूमि फिर्ता ल्याउन नेपाल सरकारले चालेको ऐतिहासिक कदमको विभिन्न क्षेत्रका व्यक्तित्वले सराहना गर्दै खुसी व्यक्त गरेका छन् ।
सरकारका केही काम कारवाही, निर्णयका साथै सामाजिक कुरितीविरुद्ध आवाज उठाउने गायक स्वप्निल शर्माले सरकारको यो निर्णयपछि आफूले गरेका सबै गाली फिर्ता लिने बताएका छन् ।
मैले सारा गरेका गालीहरु फिर्ता लिन्छु । आर्को नाकाबन्दी सहन्छु , फेरी पनि चिउरा चाउ-चाउ नै खान्छु, आलू प्याज सबै आफै...
Posted by Swapnil Sharma on Monday, 18 May 2020
सोमबार राती आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा उनले खुसी व्यक्त गर्दै यसलाई अन्तर्राष्ट्रिय बनाइदिन माग गरेका छन् र यसबाट सिर्जना हुने परिणाम मिलेर बेहोर्ने बताएका छन् ।
नेपालको नयाँ नक्साको फोटो पोस्ट गर्दै उनले लेखेका छन्, ‘मैले गरेका सारा गालीहरु फिर्ता लिन्छु । अर्को नाकाबन्दी सहन्छु, फेरि पनि चिउरा, चाउ–चाउ नै खान्छु, आलु प्याज सबै आफै उमार्छु, सियोसम्म पनि कसरी बनाउँदा रैछन, म आफै सिक्छु । तर कसम दाइ, यो नक्सालाई अन्तर्राष्ट्रिय बनाइदिनुस् अनि नेपाली सेनालाई भूिम सुरक्षाको लागि हुकुम दिनुहोस् । परेको हामी नेपालीहरु मिलेर बेहोरौँला नि दाइ ।’
उनको यो पोस्टमा थुप्रैले समर्थन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण