एकैदिनमा एक लाखभन्दा बढी कोेरानाबाट संक्रमित
बितेका २४ घण्टाभित्रमा संसारभरिमा १ लाखभन्दा बढी मानिसहरु कोरोनाभाइरसबाट संक्रमित बनेका छन् ।
उक्त कुराको जानकारी विश्व स्वास्थ्य संगठनले दिएको हो । एकै दिनमा यतिधेरै संख्यामा विश्वव्यापी रुपमा मानिसहरु संक्रमित भएको सम्भवतः यो पहिलो घटना हो ।
कोरोनाभाइरसको संक्रमण समाप्त हुन अझै निक्कै लामो समय लाग्ने जनाउँदै विश्व स्वास्थ्य संगठनले यसको सबैभन्दा ठूलो मारमा विश्वका गरिब देशहरु पर्ने भनेर चिन्ता जताएका छन् ।

‘अझै हामीले यो महामारीलाई अझै लामो समयसम्म भोग्नुपर्ने छ,’ विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस अहनोम घेब्रियेससले भनेका छन्, ‘निम्न र मध्यम आयस्तर भएका देशहरुमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएको घटनाले हामीलाई निक्कै चिन्तित बनाएको छ ।’
त्यसो त युरोप र अमेरिका लगायतका क्षेत्रहरुमा कोरोनाभाइरसका संक्रमणका घटनाहरुम कमी आइरहेका छन् । त्यसैले ती देशहरुले कोरोनाभाइरसलाई नियन्त्रण र फैलिनबाट रोक्नका लागि लगाएका लकडाउनलाई खुकुलो पनि बनाउँदै लैजान थालेका छन् ।

यसबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको सवाललाई लिएर पुनः चीनमाथि खनिएका छन् । उनले कोरोनाभाइसको बारेमा चीनले ठूलो असक्षमता प्रदर्शन गरेको आरोप लगाउँदै विश्वव्यापी रुपमा नरसंहार गरेको आरोप लगाएका छन् ।
आज बिहानै एक ट्वीट गदै उनले सो आरोप लगाएका हुन् ।
त्यसो त चीनले पनि अमेरिकामाथि बेइजिंगको प्रतिष्ठा ध्वस्त पार्न खोजेको आरोप लगाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनबाट हट्ने धम्की दिएपछि अमेरिकाले सो संगठनप्रतिको आफ्नो जिम्मेवारीलाई खुम्चाउँदै लगेको आरोप पनि चीनले लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण