करेन्ट लगाएर हत्या गरेको अभियोगमा ३ जना पक्राउ
कैलाली – कैलालीमा करेन्ट लगाएर हत्या गरेको अभियोगमा ३ जना लाई प्रहरीले पक्राउ गरेको छ ।
गत जेठ ५ गते माछा मार्ने क्रममा २१ वर्षीय प्रकाश चौधरीको करेन्ट लगाएर हत्या गरेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनी कैलालीको जानकी गाउँपालिकाको –१ दुर्गौलीस्थित विजुलिया कुलोको कुलो नदीमा माछा मारिरहेका थिए । सोही क्रममा ३ जनाले विजुली प्रवाह गरी उनको मूत्यु गराएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
पक्राउ पर्नेमा टिकापुर नगरपालिका १ ज्योतिनगर बस्ने बर्ष ३८ का डम्वर वहादुर राजी ,बर्ष ३६ का शेर सिह लुहार ,बर्ष ५६ का भाने साँउद रहेका छन् ।
उनीहरुविरुद्ध जिल्ला अदालत कैलालीवाट ७ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
विजुलीको तारमा करेन्ट प्रवाह गरी ३ जनाले माछा मारिरहेको मौका छोपी हत्या गरिएको प्रहरीले जनाएको छ ।
घटनास्थलवाट १ फिट ८ ईन्च लम्वाई भएको बासको लाठी , लाठीमा बाँधेको २४ मिटर लामो विधुत तार र डम्वर राजीको घर कोठामा फेला परेको १७५ मिटर विधुतको तार समेत बरामत गरिएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकमा आश्रित मानवमुक्त जिल्ला कायम राख्न जुट्यो कास्की
-
श्रम शक्तिको विकासबाट नै समृद्ध सम्भव छ : मुख्यमन्त्री कँडेल
-
दैलेख प्रशासन कार्यालयभित्रै ‘सेवाग्राही स्वास्थ्य परीक्षण कक्ष’ सञ्चालनमा
-
ललितपुरमा डढेलो निभाउँदा घाइते भएका रमेश पहरीको पनि मृत्यु, आगो अझै नियन्त्रणबाहिर
-
पच्चीस परिवारका लागि सुरक्षित आवास निर्माण गरिँदै
-
श्रम जीवन र जगतको अपरिहार्य, अविछिन्न र अभिन्न प्रक्रिया हो : पूर्वराष्ट्रपति भण्डारी