करेन्ट लगाएर हत्या गरेको अभियोगमा ३ जना पक्राउ
कैलाली – कैलालीमा करेन्ट लगाएर हत्या गरेको अभियोगमा ३ जना लाई प्रहरीले पक्राउ गरेको छ ।
गत जेठ ५ गते माछा मार्ने क्रममा २१ वर्षीय प्रकाश चौधरीको करेन्ट लगाएर हत्या गरेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनी कैलालीको जानकी गाउँपालिकाको –१ दुर्गौलीस्थित विजुलिया कुलोको कुलो नदीमा माछा मारिरहेका थिए । सोही क्रममा ३ जनाले विजुली प्रवाह गरी उनको मूत्यु गराएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
पक्राउ पर्नेमा टिकापुर नगरपालिका १ ज्योतिनगर बस्ने बर्ष ३८ का डम्वर वहादुर राजी ,बर्ष ३६ का शेर सिह लुहार ,बर्ष ५६ का भाने साँउद रहेका छन् ।
उनीहरुविरुद्ध जिल्ला अदालत कैलालीवाट ७ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
विजुलीको तारमा करेन्ट प्रवाह गरी ३ जनाले माछा मारिरहेको मौका छोपी हत्या गरिएको प्रहरीले जनाएको छ ।
घटनास्थलवाट १ फिट ८ ईन्च लम्वाई भएको बासको लाठी , लाठीमा बाँधेको २४ मिटर लामो विधुत तार र डम्वर राजीको घर कोठामा फेला परेको १७५ मिटर विधुतको तार समेत बरामत गरिएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण