ट्रम्पले खाइरहेको औषधीबाट कोरोना संक्रमितको मृत्यु हुने खतरा बढी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ रोगबाट बच्नका लागि आफूले मलेरियाको औषधी हाइड्रोक्सीक्लोरोक्वीन सेवन गरिरहेको बताएका थिए । तर, विज्ञानको शोध पत्रिका लेन्सेटले आफ्नो अध्ययनमा कोरोनाभाइरसबाट संक्रमितको उपचारमा जहाँ हाइड्रोक्सीक्लोरोक्वीन प्रयोग गरियो, त्यहाँ बिरामीको मृत्यु हुने खतरा बढी रहेको पाएको छ ।
अध्ययनमा मलेरियाको यो औषधीले कोरोना संक्रमितहरुलाई केही पनि फाइदा नभएको उल्लेख गरिएको छ । स्वास्थ्य अधिकारीहरुले यस औषधीको सेवनबाट मुटुसम्बन्धी समस्या देखिन सक्ने बताए पनि ट्रम्पले त्यसलाई बेवास्ता गर्दै औषधी सेवन गरिरहेका छन् । मेडिकल अध्ययनलाई उपेक्षा गर्दै ट्रम्पले यो औषधीको प्रयोगलाई प्रोत्साहन गर्दै आइरहेका छन् ।
हाइड्रोक्सीक्लोरोक्वीन मलेरियाको रोगीका लागि भने सुरक्षित रहेको छ र लुपस वा आथ्र्राइटिसका केही मामिलामा यो लाभदायी पनि देखिएको छ । तर, कोरोना संक्रमितमा गरिएको क्लिनिकल ट्रायलबाट यस औषधीको प्रयोगलाई कसैले पनि सिफारिस गरेका छैनन् ।

द लेन्सेटको अध्ययनमा कोरोनाभाइरसबाट संक्रमित ९६ हजार बिरामीलाई सामेल गरिएको थियो । यसमध्ये १५ हजारलाई हाइड्रोक्सीक्लोरोक्वीन वा योसँग मिल्दो क्लोरोक्वीन औषधी दिइएको थियो । यसलाई एन्टिबायोटिकसँग दिइएको थियो भने कसैलाई एन्टिबायोटिक बिना नै दिइएको थियो । यस अध्ययनबाट अन्य कोभिड संक्रमितको तुलनामा हाइड्रोक्सीक्लोरोक्वीन वा क्लोरोक्विन औषधी सेवन गर्ने बिरामीहरुको अस्पतालमा धेरै मृत्यु भएको र मुटुसम्बन्धी समस्या पनि उत्पन्न भएको पाइएको छ ।
हाइड्रोक्सीक्लोरोक्वीन दिइएका बिरामीहरूमा मृत्युदर १८ प्रतिशत रहेको थियो भने क्लोरोक्वीन दिइएका बिरामीहरूमा यो दर १६.४ प्रतिशत रहेको थियो । औषधी नदिइएकाहरुमा भने मृत्युदर ९ प्रतिशत रहेको थियो । हाइड्रोक्सीक्लोरोक्वीन या क्लोरोक्वीनसहित एन्टिबायोटिक दिइएकाहरुमा मृत्युदर झन् बढी रहेको थियो ।
उता, ट्रम्पले भने आफूले हाइड्रोक्सीक्लोरोक्वीन लिएको कारण आफू कोभिड–१९ को संक्रमणबाट बचेको दाबी गरेका छन् । उनले यसबाट सकारात्मक फाइदा मिलिरहेको बताएका छन् । हाइड्रोक्सीक्लोरोक्वीन कोरोनाभाइरसको मामिलामा उपयोगी छ कि छैन भनेर विभिन्न अध्ययनहरु भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण