चीन र अमेरिकालाई खतरनाक शीतयुद्धमा धकेल्ने कोसिस भइरहेछ: चिनियाँ विदेशमन्त्री
चीनका विदेशमन्त्री वाङ यीले चीन र अमेरिकालाई खतरनाक शीतयुद्धमा धकेल्ने कोसिस भइरहेको बताएका छन् ।
विदेशमन्त्रीले आइतबार आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।
उनले भनेका छन्, ‘अमेरिका भित्र केही राजनीतिक शक्तिले चीन–अमेरिका सम्बन्धलाई आफ्नो फाइदाका लागि गलत दिशामा लैजाने कोसिस गरिरहेका छन् र दुई देशलाई नयाँ शीतयुद्धमा धकेलिरहेका छन् ।’
Live: Wang Yi briefs the media on China's foreign policy and diplomatic relations #2020TwoSessions https://t.co/lJwHrOUM3t
— Global Times (@globaltimesnews) May 24, 2020
उनले यसलाई खतरनाक कोसिस बताउँदै यो कसैको पनि हितमा नभएको बताएका छन् ।
यसका साथै विदेशमन्त्रीले थपे, ‘चीन आफ्नो सम्प्रभुताको रक्षा गर्नेछ र प्रगतिको बाटोमा बढ्ने अधिकारी पनि छ । अमेरिकाको परिवर्तनमा चीनको कुनै रुची छैन र अमेरिकाले पनि चीनलाई प्रगति पथमा अघि बढ्नबाट रोक्न सक्दैन ।’
वाङ यीले चीन र अमेरिकाको राजनीति व्यवस्था भिन्न भएको र यो दुबै देशको जनताको मर्जीले तयार भएको बताएका छन् ।
उनले भने, ‘उनीहरु आफ्नो बाटोबाट हटिरहेका छन् तर यसको अर्थ यो हो इन कि सहयोगको कुनै सम्भावना छैन । दुबै पक्षबीच संसारको सबैभन्दा ठूलो मुद्दामा सल्लाह र चर्चाको आवश्यकता छ ।’
विदेशमन्त्रीका अनुसार चीन र अमेरिकाबीच सहयोगको परम्परा भएको र यो परम्परा संकटका बेला पनि लागू भएको छ ।
उनले भने, ‘कोभिड–१९ सुरु हुने बेला हामीले स्वास्थ्य सामग्रीका लागि एक–अर्कालाई सहयोग गर्यौ । १२ अर्ब बढी मास्क अमेरिकामा पठाइसकेका छौं । तर अफसोस, अमेरिकामा राजनीतिको भाइरस फैलिरहेको छ ।
वाङले चीन र रुसले यो राजनीतिक भाइरसविरुद्ध एक अभेद्य किला बनाएको र आफ्नो रणनीतिक तालमेलको शक्ति पनि प्रदर्शित गरेको बताए ।
उनले भने, ‘रुस र चीनले कोभिड–१९ को क्रममा एक अर्काको मद्दत गरे । जबसम्म हामी दुई मिलेर काम गर्छौं, हामीले संसारमा विविधताको रक्षा गरिरहन्छौं, शान्ति र न्यायको रक्षा गरिहनेछौं ।’