चीनले कोरोना महामारीसँगै पाँच प्राथमिकतालाई अघि बढाउने
एजेन्सी । चीनले कोभिड–१९ विरूद्धको निरन्तर सङ्घर्षसँगै यसका कारण विश्व अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनिकरणका उपायलाई अघि सार्ने बताएको छ । चीनले कोभिड–१९ विरूद्धको लडाईँसँगै यस वर्षका लागि विभिन्न पाँच कुटनीतिक प्राथमिकतालाई पनि जोड दिने चिनियाँ राज्य परिषद् सदस्य तथा विदेशमन्त्री वाङ यीले आइतबार नियमित पत्रकार सम्मेलनमा बताए ।
वाङको यो भनाई चिनियाँ संसदको वार्षिक राष्ट्रिय अधिवेशन चलिरहेका समय आएको बताइएको छ । वाङले भने, ‘चीनले सन् २०२० का प्राथमिकतामा को कुटनीति घरेलु विकासलाई प्रोत्साहन, राष्ट्रिय चासोहरूको सुरक्षा, अन्य साझेदार मुलुकहरूसँगको मित्रतालाई थप प्रगाढ बनाउने, बहुपक्षीयतामा कडा अडान र अन्तर्राष्ट्रिय समन्वयलाई कोरोनाविरूद्धको लडाईसँगै सक्रियतासाथ विस्तार गर्ने नीति लिनेछ ।’
उनले भने, ‘महामारीको अवधिमा चीन–पाकिस्तान आर्थिक करिडोर उर्जा परियोजना, चीन यूरोप रेललगायत ‘बेल्ट एण्ड रोड’ बीआरआईसम्बन्धी पूर्वाधार निर्माण परियोजना तथा जनताको जीवनसँग घनिष्ट सम्बन्ध भएका परियोजनाहरूले महामारी प्रतिरोधका महत्वपूर्ण भूमिकालाई अघि बढाइनेछ ।’
महामारीपछि चीनले सम्बद्ध मुलुकसँगै स्वस्थ रेशम मार्गको निर्माणलाई अघि बढाउँदै उचित समयमा बीआरआई उच्चस्तरीय भिडियो कन्फरेन्सको आयोजना गर्ने पनि उनले बताए । उनले डिजिटल रेशमी मार्गमा महत्व दिँदै विभिन्न मुलुकको आर्थिक विकासका लागि थप सहयोग गरिनुपर्नेमा पनि जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण