दिल्लीमा गर्मी बढ्यो, तापक्रम ४५ डिग्री सेल्सीयस पुग्यो
सोमबार, १२ जेठ २०७७, २२ : १६
एजेन्सी । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा तापक्रम अत्यधिक बृद्धि भएकाले गर्मी बढेको छ । भारतको मौसम विज्ञान विभागले दिएको जानकारीअनुसार भारतमा पछिल्लो हप्ता तापक्रममा अत्यधिक बृद्धि हुदै आएको छ । सोमबार दिल्लीको तापक्रम ४५ डिग्रीसम्म पुगेको विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।
अत्यधिक गर्मीका कारण मानिसहरुले पानी धेरै पिउन थालेको, सितलता खोज्न थालेको, रुखको छहारीमा बस्ने गरेको पाइएको छ । त्यसैगरी जनावर तथा चराचुरुङ्गीले पनि गर्मी कम गर्नका लागि पानी र सितल खोज्ने गरेको अधिकारीहरुले बताएका छन् ।
मौसम विज्ञान विभागले आगामी चार दिन पनि यस्तै गर्मी कायमै रहने र तापक्रम थप बढ्नसक्ने अनुमान गरेको छ । विभागका अधिकारीहरुले आगामी केही दिन तापक्रम ४५ देखि ४६ डिग्री सेल्सीयससम्म पुग्नसक्ने बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण