अफगानिस्तानमा २४ घन्टामा ६२५ कोरोना संक्रमित थपिए
बुधबार, १४ जेठ २०७७, २३ : ०३
एजेन्सी । अफगानिस्तानमा गएको २४ घन्टायता ६२५ जना कोरोना संक्रमित थपिएका बताइएको छ । अफगानिस्तानको जनस्वास्थ्य मन्त्रालयले बुधबार सो जानकारी दिएको छ । यो समेत गरी बुधबारसम्म यहाँ कोभिड १९ का संक्रमितको संख्या १२ हजार ४५६ पुगेको पनि सो मन्त्रालयले जनाएको छ ।
अफगानिस्तानको जनस्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अफगानिस्तानमा पनि दिन प्रतिदिन कोरोनाका संक्रमितहरु थपिएका छन् । उक्त मन्त्रालयले गएको २४ घन्टायता अफगानिस्तानमा कम्तीमा पनि सात जना संक्रमितको ज्यान गएको छ । यहाँ कोरोना संक्रमणबाट अहिलेसम्म २२७ जनाको ज्यान गएको पनि समाचारमा जनाइएको छ ।
यहाँ कारोनाका संक्रमितमध्ये १ हजार १३८ जना निको भएर फर्किएका छन् । यहाँ निधन भएकाहरुमा कुनै न कुनै रोगका विरामीहरु रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । –सिन्ह्वा/Photo: AFP
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण