करको दर नबढ्ने, रोजगारी सृजना गर्ने गरी आज यस्तो आउँदैछ बजेट
कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र पुनर्उत्थान गर्ने गरी अर्थमन्त्री डा. युवराज खतिवडाले आज संसदमा आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण पेश गर्नेछ । यो बजेटले करको दर नबढाउने भएको छ । कोरोनाका कारण थलिएको व्यापार व्यवसायलाई कर छुट दिइनेछ । यद्यपि मदिरा तथा सुर्तीजन्य पदार्थको भने करको दर बढ्नेछ । स्रोतको दबाबका बीचमा ल्याइएको बजेटको आकार सानो हुनेछ ।
यसैगरी फजुल खर्च कटौती गरिनेछ । जसमा तालिम गोष्ठी लगायतको खर्च कटौती हुनेछ । संसद विकास कोषको नामले परिचित स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमले निरन्तरता पाउनेछ । कृषि, स्वास्थ्य तथा रोजगारीले बजेटमा प्राथमिकता पाउनेछ । श्रम बैंकको अवधारणा अघि सारेर सो मार्फत रोजगार सृजनाका लागि बजेटले सम्बोधन गर्नेछ ।
कोरोनाले थलिएका क्षेत्र तथा व्यक्तिका लागि राहत अथवा सहुलियतको व्यवस्था समेत बजेटमा हुनेछ । अधुरा आयोजना तथा अत्यावश्यकीय नयाँ कार्यक्रम समावेश हुनेछ । स्वदेशी वस्तु उपभोगका लागि आयातित वस्तु प्रतिस्थापनको नीति बजेटले सम्बोधन गर्नेछ ।
अघिल्ला वर्षभन्दा फरक परिस्थितिमा आउने बजेटको प्राथमिकता सो परिस्थिति अनुरुप हुनेछ । रोजगारी तथा स्वरोजगारका लागि युवाहरुलाई अनुदान तथा सहुलियतको विशेष व्यवस्था हुनेछ ।
सरकारको तर्फबाट राष्टपतिले जेठ २ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने गरी बजेट आउनेछ । बजेट कस्तो हुनेछ भन्ने विषय नीति तथा कार्यक्रमले स्पष्ट पारिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण