सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण, आइसोलेसनको अभाव
सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एक महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा डाक्नेश्वरी नगरपालिकाका–१ महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
९ जना सहित १२ जना डाक्नेश्वरी नगरपालिकामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।
डाक्नेश्वरी नगरपालिकाका १८ वर्षिय, २० वर्षिय, २५ वर्षिय, ३५ वर्षिय, ४१ वर्षिय, ४५ वर्षिय, ४४ वर्षिय, ४८ वर्षिय र ६० वर्षिय उमेरका व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य प्रमुख यादवले बताए ।
शनिबार बिहानसम्ममा सप्तरीमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४२ पुगेको छ । संक्रमितको संख्या दिनहुँरुपमा बढ्न थालेपछि आइसोलेसन कक्षको अभाव भएको छ ।
जसकारणले गर्दा ती संक्रमितहरुलाई अहिले पनि क्वारेन्टाइनमै राखिएको छ ।
राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा २४ जना संक्रमितलाई राखिएको छ भने बाँकी संक्रमितलाई सम्बन्धित पालिकाकै क्वारेन्टाइनमै राख्दा कोरोना संक्रमण फैलिने त्रास बढेको छ ।
यता, थप संक्रमितहरु बढ्न थालेपछि नयाँ ठाउँमा आइसोलेसन कक्ष बनाउने तयारी भइरहेको प्रमुख यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण