पर्सामा २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०० पुग्यो
शनिबार, १७ जेठ २०७७, १२ : ०३
पर्सा – पर्सा जिल्लाको संखुवाप्रसौनी गाउँपालिकामा रहेको दीपनारायण आदर्श माध्यामिक विद्यालयको क्वारेन्टाइनमा रहका दुई जनामा कोरोना पुष्टि भएको छ । यो सँगै पर्सामा कोरोना संक्रमितको संख्या १ सय पुगेको छ ।
नारायणी अस्पतालमा गरिएको पिसिआर परीक्षणबाट ६० वर्षीया महिला र १८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरुलाई नारायणी अस्पतालबाट कोरोना विशेष अस्थायी अस्पताल गण्डकमा ल्याउने तयारी भइरहेको नारायणी अस्पतालका मेसु मदन उपाध्यायले जानकारी दिए ।
शनिबार संक्रमण पुष्टि भएका दुवै जना जेठ १३ गते भारतको मुम्बई र उत्तर प्रदेशबाट आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण