ललितपुरमा भेटिएकी कोरोना संक्रमित सुत्केरी महिला
काठमाडौँ । बितेको २४ घण्टाको अवधिमा नेपालमा थप १८९ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १४०१ पुगेको छ ।
शनिबारसम्म कोरोना संक्रमितबाट मृत्यु हनुेको संख्या ६ रहेको छ भने ६६ हजार ७२९ जनाको परक्षिण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै कोारेनालाई जितेर घर फर्किनेको संख्या २१९ रहेको छ ।
शनिबार ललितपुरमा थप एक जनालाई कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
ललितपुरमा भेटिएका संक्रमित सुत्केरी महिला रहेको खुलेको छ । सुनसरी धरान स्थायी घर भएकी २३ वर्षीया ती महिलाको जेठ १२ गते परीक्षणको लागि स्वाब संकलन गरिएको थियो ।
उनको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए । उनले भने, ‘ती महिलाको शनिबार कोरोना पोजेटिभ आएको हो ।’
हाल ललितपुर महानगरपालिका–२७ सुनाकोठी, नख्खु खोला बस्दै आएकी ती महिला केही दिनअघि मात्रै इमाडोलमा रहेको किस्ट मेडिकल कलेज, अस्पतालमा सुत्केरी भएर डिस्चार्ज भएकी थिइन् ।
कोरोना पोजिटिभ देखिएपनि ती महिलाको स्वास्थ्य अवस्था सामान्य छ । सुनाकोठीमा परिवारसँगै बस्दै आएको कारण उनका परिवारलाई समेत सेल्फ क्वारेन्टाइनमा राखिएको गेलालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण