इरानमा २४ घण्टामा कोरोना सङ्क्रमितकोे सङ्ख्या झण्डै ३ हजार
एजेन्सी । इरानमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या विगत २४ घण्टामा करिब ३ हजार पुगेको छ । इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपुरलाई उद्धृत गरी राष्ट्रिय समाचार संस्था आइआरएनएले समाचारमा लेखेको छ, ‘इरानमा सोमबार कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका दुई हजार ९७९ विरामीसँगै कुल सङ्क्रमितको सङ्ख्या एक लाख ५४ हजार ४४५पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा मृत्यु भएका ८१ सङ्क्रमितसँगै अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या सात हजार ८७८ पुगेको छ ।’
विगत २४ घण्टामा सङ्क्रमण पुष्टि भएकामध्ये दुई हजार ३२७ व्यक्ति ९७८ प्रतिशत० मा सङ्क्रमणका कारण कुनै समस्या नदेखिएका अर्थात् उनीहरू सामान्य विरामी रहेका छन् ।
सोमबारसम्ममा इरानमा अझै दुई हजार ५७८ विरामी सङ्क्रणका कारण गम्भीर विरामी रहेको उल्लेख उक्त इरानी सञ्चारमाध्यमले जनाएको छ । इरानी जनस्वास्थ्य अधिकारीका अनुसार इरानमा मे महिनाको सुरूवातसँगै सङ्क्रमितको सङ्ख्यामा व्यापक वृद्धि भएपछि देशभर लकडाउन गरी सङ्क्रमण नियन्त्रण प्रयासलाई जारी राखिएको थियो । पछिल्ला केही हप्तादेखि निश्चित शहरबाहेक अन्य क्षेत्रमा गतिविधिलाई केही खुकुलो पारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण