चीनले भन्यो- ‘अमेरिकाको भाग्ने बानी छ’
एजेन्सी । विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध विच्छेद गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमप्रति चीनले कडा टिप्पणी गरेको छ । चिनियाँ विदेश मन्त्रालयले सोमबार संयुक्त राज्य अमेरिकाको यो निर्णयलाई उसको ‘शक्ति राजनीति’ र ‘एकतर्फी सोच’ को संज्ञा दिएको हो । मन्त्रालयले अमेरिकाको उक्त कदमको विश्लेषण गर्दै भनेको छ, ‘अमेरिकाको भाग्नी बानी छ ।’
अमेरिकी कदमको कडा टिप्पणी गर्दै मन्त्रालयले विश्व स्वास्थ्य संगठनलाई थप सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान समेत गरेकोे छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी रोक्न असफल भएको भन्दै विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध समाप्त भएको घोषणा गरेका थिए ।
विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध समाप्त भएको घोषणा गर्दै ट्रम्पले भनेका थिए, ‘अमेरिकाले विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध समाप्त भएको घोषणा गरेको छ, किनभने यो अन्तर्राष्ट्रिय एजेन्सी कोरोना भाइरस महामारी रोक्न असफल भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण