मलाई विश्वास छ हामी पहिलेकै अवस्थामा फर्किनेछौ: भारतीय प्रधानमन्त्री मोदी
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पक्का पनि आफ्नो आर्थिक विकासलाई पहिलेको अवस्थामा फर्काउने बताएका छन् । उनले भारतको आर्थिक विकास पहिलेको अवस्थामा फर्किने विश्वास व्यक्त गरेका हुन् । कोरोना भाइरसको संक्रमणका कारण विग्रिएको यहाँको अवस्था पहिलेको अवस्थामा आउने उनले बताएका हुन् ।
उनले मंगलबार भनेका छन्– ‘मलाई मेरो देशको क्षमता तथा संकटको व्यवस्थापनमा गर्न सक्ने कामका बारेमा थाहा छ, त्यसैले मलाई लाग्छ हामी छिट्टै नै पहिलेको अवस्थामा फर्किने नै छौँ । भारतको प्रविधि, यहाँको प्रतिभाका साथै अरु पनि धेरै विद्धानहरुको क्षमताका बारेमा मलाई थाहा छ, त्यसैले मलाई विश्वास छ कि हामीले यो कोरोना भाइरसको प्रकोपलाई जितेर पनि चाँडै नै आफ्नो गतिमा फर्किन सक्नेछौँ’ प्रधानमन्त्री मोदीले मंगलबारको एक सम्बोधनका क्रममा भनेका छन् ।
उनले आफूलाई भारतका उद्योगी तथा व्यवसायीको र भारतका किसानाहरुप्रति ठूलो भर र विश्वास रहेको भन्दै यसैकारणले पनि भारत पहिलेकै अवस्थामा फर्किने बताए । कन्फिडरेसन्स अफ इन्डियन इन्डष्ट्रिजको १२५ औँ वार्षिक बैठकलाई मंगलबार बिहान भिडियोमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सो धारणा राखेका हुन् ।
उनले देशमा कोरोना भाइरसको समस्या भएका बेलामा हालैका दिनमा धेरै क्षेत्रमा अनलाईन कार्यक्रमहरु भइरहेका बताए । जस्तै अप्ठेरो परिस्थितिमा पनि त्यसको समाधानको बाटो खोज्नु नै मानिसको क्षमता हो भन्दै अनलाइनका माध्यमबाट देशमा धेरै कामहरु भइरहेकोले त्यस कार्यको प्रशंसा गरे । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण