नवाजुद्दीनकी भतिजीले उनका भाइमाथि लगाइन् यौन उत्पीडनको आरोप, उजुरी पत्रमा लेखिन्, ‘त्यतिबेलो ९ वर्षकी थिएँ’
बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीकी भतिजीले उनका भाइमाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् । यसबारे दिल्लीको जामिया पुलिस स्टेशनमा उजुरी दर्ता भएको छ, यसमा पीडितले आफूमाथि भएको यातनाबारे जानकारी दिएकी छिन् । नवाजकी भतिजी श्रीमान्सँग दिल्लीको जामिया नगरमा बसिरहेकी छिन्, यी दुबै कामकाजी हुन् ।
एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा भतिजीले आफूमाथि जे जति भयो, त्यसबारे कुराकानी गरेकी छिन् । उनका अनुसार उनी दुई वर्ष हुँदा उनका बुवा र आमाको सम्बन्धविच्छेद भएको थियो । त्यसपछि उनका बुवाले अर्की महिलासँग विवाद गरेर आमा र आफूबाट किनारा लागेको बताइन् ।
९ वर्षको उमेरदेखि भइरहेको थियो शोषणः
नवाजुद्दीनकी भतिजीलाई विश्वास गर्ने हो भने उनी ९ वर्षको हुँदादेखि नै उनका काकाले उनको शारीरिक शोषण गर्दै आएका थिए । उनले भनिन्, ‘उनको विवाहको केही समयअघिसम्म यो सिलसिला जारी रह्यो । सानै भएकोले त्यतिबेला मैले त्यो बुझ्न सकेकी थिइनँ । सोचेँ, उनी त मेरा काका पो हुन् । तर जब हुर्कंदै गएँ तब महसुस भयो कि त्यो भिन्न प्रकारको छुवाई थियो ।’
विवाह अघि यौन सम्बन्ध स्थापित गर्न मागः
भतिजीले कुराकानीको क्रममा भनिन्, ‘उनले सीमा त्यतिबेला नाघे जब उनले विवाह अघि मसँग शारीरिक सम्बन्ध स्थापित गर्न माग गरे । त्यतिबेला मैले आफ्ना तत्कालीन प्रेमी र अहिलेका श्रीमान् सलमान सिद्दीकीलाई आफ्ना काकाबारे बताएको थिएँ । केही वर्षपछि सलमानले मलाई त्यहाँबाट लगे ।’
घरका सदस्यलाई पनि गरिरहेछन् प्रताडितः
भतिजीका अनुसार उनले अदालतमा विवाह गरेकी हन् र अब उनका घरका सदस्यलाई प्रताडित गरिँदैछ । उनले भनिन्, ‘विवाह पछि मेरा घरका सदस्यलाई प्रताडित गरिँदैछ । मेरा पापा र ठूलो पापा (नवाज) पनि यसमा समावेश हुनुहुन्छ । उनीहरुले मेरा घरका सदस्यलाई दुःख दिने उद्देश्यले उनीहरुविरुद्ध झुटो मुद्दा लगाइरहनु भएको छ ।’
उनी थप्छिन्, ‘यदि उहाँहरु (पापा र ठूलो पापा) कडा भएको भए त्यस्तो केही पनि हुँदैनथ्यो । उहाँहरुले ममाथि विश्वास नै गर्नुभएन । तर मलाई मेरा श्रीमानको पूर्ण समर्थन छ । मसँग शारीरिक हिंसाको सबै प्रमाण छ, जुन मैले श्रीमानलाई पठाइदिएको छु ।’
नवाजले पनि गरेनन् समर्थनः
भतिजीले उनले आफ्ना ठूलो पापा नवाजुद्दीन सिद्दीकीको पनि समर्थन नपाएको बताएकी छिन् । उनी भन्छिन्, ‘नवाज (ठूलो पापा) ले मलाई एक पटक तिमी भविष्यमा के बन्न चाहन्छौ भनेर सोध्नुभएको थियो त्यतिबेला मैले आफू मानसिक रुपमा विचलित भएको बताएकी थिएँ । तर उहाँले मैले सोचेजस्तो केही पनि नभएको बताउनुभयो । ’
उनी भन्छन्, ‘मैले सोचेकी थिएँ कि कम्तीमा ठूलो पापाले त मेरो कुरा बुझ्नुहुन्छ । किनभने उहाँ भिन्न समाजमा बस्नुहुन्छ र भिन्न मानसिकताको हुनुहुन्छ । तर उहाँले, ‘काका हुन्, यस्तो कहिले पनि गर्न सक्दैनन्’ भनेर कुरा टारिदिनुभयो । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण