दक्षिण कोरियामा रेमडेसिभर औषधिको प्रयोगमा अनुमति
सियोल । दक्षिण कोरियाले कोरोनाभाइरसका विरामीको उपचारका लागि एन्टिभाइरल औषधि रेमडेसिभर प्रयोग गर्न अनुमति दिएको छ । यो अनुमति दिएसँगै कोरोनाभाइरसको उपचारका लागि यस औषधिको आयात गर्न सहज भएको छ ।
संयुक्तराज्य अमेरिकाले अस्पतालहरुमा रेमडेसिभरको आपतकालीन प्रयोगमा अनुमति दिइसकेको छ । त्यसलगत्तै जापानले पनि यो औषधिको प्रयोगलाई अनुमति प्रदान गरेको छ । दक्षिण कोरियामा रेमडेसिभरका सम्बन्धमा भइरहेको अनुसन्धानले बिरामी निको हुने समयमा निकै कमी आएको देखाएको खाद्य तथा औषधि सुरक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले यस औषधिको आयातका लागि अमेरिकी कम्पनी जाइलिडसँग परामर्श गरिरहेको बताएको छ । तर यस औषधिको मूल्य र संख्याका बारेमा केही खुलाइएको छैन । दक्षिण कोरियामा कोरोनाभाइरसबाट हालसम्म ११ हजार ५९० जना संक्रमित भएका र २७३ जनाको मृत्यु भएको छ । अहिले पनि करिब ८०० जना बिरामी व्यक्तिहरु अस्पतालहरुमा उपचार गराइरहेका छन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण