तालिबानको अल कायदासँग सम्बन्ध छ– संयुक्त राष्ट्रसंघ
एजेन्सी । अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबान विद्रोहीको अहिले पनि अल कायदा नामक संस्थासँग सम्बन्ध रहेको पाइएको छ । सो जानकारी संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको प्रतिवेदनमा दिएको छ । मंगलबार जारी गरेको एक प्रतिवेदनमा सो जानकारी दिइएको हो । तर यो रिपोर्टलाई तालिबानहरुले भने आधारहिन भनेका छन् । तालिबानहरुले अहिले पनि अलकायदा नामक अर्को आतंककारी समूहसँग राम्रो सम्बन्ध जारी राखेको हालै संयुक्त राष्ट्रसंघले सुरक्षा परिषदलाई बुझाएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
तालिबानहरुले अहिले पनि भित्री रुपमा अल कायदासँग सम्बन्ध राखेको र सोही कारणले अमेरिकासँग भएको सहमति बमोजिम शान्ति वार्ताका लागि सम्झौता गर्न नमानेको सो रिपोर्टमा जनाइएको छ ।
यसअघि करिब तीन महिनाअघि तालिबान र अमेरिकाबीच अफगानिस्तानको सरकारसँग वार्ता गरी अफगानिस्तानमा शान्तिवार्ता गरिने विषयमा कतारको दोहामा एक सम्झौता भएको थियो । तर त्यस बमोजिम वार्ताको प्रक्रिया भने अहिलेसम्म पनि सुरु हुन सकिरहेको छैन । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण