मुगु पनि कारोनाबाट अछुतो रहेन

मुगु । देशभरका ७७ जिल्लामध्ये ६१ जिल्लामा कारोना सङ्क्रमण देखिरहँदा पनि कोरोनाले नछोएको मुगु जिल्लाका एक जनामा कारोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको खत्याड गाउँपालिका–२ घर भएका २७ वर्षीय युवकको आज बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ल्याबमा स्वाब पिसीआर परीक्षण गर्दा पोजेटिप रिपोर्ट आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख निर्मल नगरकोटीले जानकारी गराए ।
सङ्क्रमित युवा खत्याड गाँउपालिकाले स्थापना गरेको हलेखाड क्वारेन्टिनमा बस्दै आएका थिए । कोरोना सङ्क्रमित युवालाई बिहीबारै रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आइसोलेशनमा वार्डमा राखिएको छ भने निजको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
जिल्लाका रहेका चार स्थानीय तहमध्ये सबैभन्दा बढी भारतबाट सोही गाउँपालिकाका स्थानीयवासी भित्रिएपछि सरोकारवालाले यो गाउँपालिका कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको बताउँदै आएका थिए । सङ्क्रमित रहेको क्वारेन्टिनमा रहेका अन्य ४७ जनाको एक हप्तापछि आरडिटी गरेर मात्र घर पठाउने डा नगरकोटीले बताए । मुगुमा थपिएको एकसहित कर्णाली प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या २७९ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गरेको प्रमाण बुझाउन निर्देशन
-
अहिले कुनै प्रकारको प्रतिगमन सम्भव छैन : प्रधानमन्त्री ओली
-
सर्लाहीमा हुरीका कारण ६ जना घाइते
-
डिभोर्स
-
लामो समय मोबाइलमा गेम खेल्ने बानी, घाँटी नै सिधा उठाउन नसक्ने भए युवक
-
सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव छैन : झलनाथ खनाल