उच्चायुक्तको विज्ञप्तिको सरकारद्वारा खण्डन
काठमाडौं । कोभिड–१९ का बेला अभिव्यक्ति स्वतन्त्रताका सम्बन्धमा मानवाधिकारसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्तले बुधबार जारी गरेको प्रेस सामग्रीमा नेपालको प्रसङ्ग सङ्क्षिप्त उल्लेख गरिएकामा त्यसको सरकारले खण्डन गरेको छ । परराष्ट्र मन्त्रालयले उच्चायुक्तको प्रेस विज्ञप्तिप्रति नेपाल सरकारको ध्यान आकृष्ट भएको बताउँदै नेपालको प्रेस स्वतन्त्रताको सम्बन्धमा प्रेषित सामग्रीले यथार्थ, तथ्य र वास्तविकता प्रतिविम्बित नगरेको जनाएको छ ।
नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रता प्रत्याभूत गरेको तथा प्रेस स्वतन्त्रता उल्लङ्घनविरुद्ध प्रभावकारी कानुनी उपचारको व्यवस्था गरिएको स्पष्ट गर्दै मन्त्रालयले संविधानमा निहित मौलिक अधिकार र स्वतन्त्रता सुनिश्चित गर्न प्रचलित कानूनले निर्देश गरेबमोजिम कार्य सम्पादन गर्दै आएको उल्लेख गरेको छ । विज्ञप्तिमा त्यस्ता सूचना र जानकारी सार्वजनिक गर्नुपूर्व नेपाल सरकार र जेनेभास्थित नेपालको स्थायी नियोग वास्तविक सूचना र जानकारी उपलब्ध गराउन सधैँ तत्पर रहेको प्रष्ट पारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण