स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी मुद्धा दर्ता
रौतहट । रौतहटमा स्वास्थकर्मीमाथि आक्रमण गर्ने उपर जिल्ला प्रहरी कार्यालय गौरमा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्धा दर्ता भएको छ । स्वास्थकर्मी माथि आक्रमण गर्ने राजपुर नगरपालिका ९ का रुस्तम मिया उपर ज्यान मार्ने उद्योगसम्बन्धी मुद्धा दर्ता भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए । पीडित स्वास्थकर्मीको लिखित जाहेरीका आधारमा मियाउपर शुुक्रबार मुद्धा दर्ता गरी अनुुसन्धानका लागि जिल्ला अदालत गौरबाट म्याद समेत थमाइएको प्रवक्ता श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
राजपुर क्वारिन्टाईनमा २ दिनअघि स्वास्थकर्मी उपर आक्रमण गर्ने रुस्तमलाई डिआईजी धिरजप्रताप सिंहको निर्देशनमा प्रदेश २ र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोलीले उनको घरैबाट पक्राउ गरेको थियो । क्वारिन्टाइनमा उनीसहित ४ जनाले आक्रमण गरेका थिए ।
रुस्तमसँगै आक्रमण गर्ने ३ जना भने फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुको आक्रमणबाट राजपुरका नगर स्वास्थ सह संयोजक रामनरेस साह र अका स्वास्थकर्मी खुर्सैद मिँयाको टाउको फुटेको थियो । साथै स्वास्थ्यकर्मीहरुको नीजि मोटरसाईकलमा समेत उनीहरुले तोडफोड गरेका थिए ।
बुधवार क्वारिन्टाईमा बसेकाहरुको आरडिटी चेक गर्दा पोजिटिभ आएपछि घर जान नपाउने निहुुँमा उनीहरुले स्वास्थकर्मीमाथि आक्रमण गरेका थिए । यसैबीच बिहिवार नगर स्वास्थ संयोजक रबिन्द्रकुमार झाको नेतृत्वमा गएको राजपुरका स्वास्थकर्मीको टोलीले आक्रमणकारीलाई कडा कारबाही गर्न माग गर्दै रौतहटका सिडिओ बाशुुदेव घिमिरेलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै घिमिरेले दोषीलाई कार्वाही र शान्ति सुरक्षाको प्रत्याभुति दिलाउने प्रतिवद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक छलफलपछि एमाले–माओवादी प्रदेश प्रमुखसँग परामर्श गर्दै
-
चालक दलका सिनियर सदस्यले सामूहिक रुपमा बिरामी बिदा लिएपछि ७० भन्दा बढी उडान रद्द
-
म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री
-
राजनीतिक विवादको केन्द्रमा सर्वोच्च अदालत
-
खेलकुद बोर्डका सदस्य सचिवलाई अर्को स्पष्टीकरण
-
झलनाथको प्रस्टीकरण : पार्टी फुटाउने हल्ला सुनियोजित