सुरक्षित मातृत्व सेवाका लागि चौधरी फाउण्डेसनको सहयोग, प्रदेश प्रदेश २का प्रसुती गृहहरुमा स्वास्थ्य उपकरण वितरण गरिने
काठमाडौं– चौधरी फाउण्डेसनले प्रसुती सेवा केन्द्रहरुका लागि स्वास्थ्य सम्बन्धि विविध उपकरणहरु वितरण गरेको छ । शुक्रबार फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले स्वास्थ्य सामाग्री सुरक्षित मातृत्व संजाल महासंघका महासचिव रविन्द्र बहादुर प्रधानलाई हस्तान्तरण गरे ।
कोरोनाभाइरसको रोकथाम तथा स्वास्थ्यकर्मीको सुरक्षाको लागि अत्यावश्यक ६० थान पीपीई, ७५०० थान मास्क, ६००० थान ग्लोब्स, ३० थान थर्मल गन, १६० लिटर सेनिटाइजर, १६८० थान सेनिटरी प्याड, ६०० थान हात धुने साबुन लगायतका सामाग्री वितरण गरिएको हो ।
महिलाहरुको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको अधिकारको रक्षाका लागि विविध कार्यहरु गर्दै आएको सुरक्षित मातृत्व संजाल महासंघले उक्त सामाग्री प्रदेश २ का विभिन्न ३० प्रसुती गृहहरुमा वितरण गरिने जनाएको छ ।
नेपाल दक्षिण एशियामा नै उच्च मातृ र शिशु मृत्युदर भएको मुलुकअन्तर्गत पर्दछ । सन् २०१६ को जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणअनुसार नेपालमा प्रति एक लाखमा २३९ मातृ मृत्युदर छ । स्वास्थ्य उपकरणको अभाव हुँदा गर्भवती महिलाहरु चेकजाँचबाट नै वञ्चित हुनुपर्ने अवस्था रहेको र लकडाउनको अवधिमा ३१ ज्ना गर्भवती तथा सुत्केरीले ज्यान गुमाउन पुगेको समाचार हालै सार्वजनिक भएका छन् ।
अझ २ नम्बर प्रदेशमा भारतबाट आएको ठूलो जनसंख्या बसोबास गर्ने भएकाले कोरोना भाइरस संक्रमणका कारण मातृ तथा नवजात शिशुको स्वास्थ्य यस क्षेत्रमा अझ बढि जोखिममा रहेको छ । यस्तोमा उक्त प्रदेशमा सुरक्षित प्रसुती सेवा प्रवाह गर्न अग्रपंक्तिमा रही कार्यरत स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य सामाग्रीकै अभावमा उपचार नपाएर गर्भवती, सुत्केरी तथा नवजात शिशु कसैले अकालमै ज्यान गुमाउन नपरोस भनि उक्त सामाग्रीहरु सहयोग गरेको फाउण्डेसनले जनाएको छ ।
यसअघि चौधरी फाउण्डेसनले मुलुकभरिका विभिन्न ११९ स्वास्थ्य केन्द्रहरुमा मेडिकल उपकरण वितरण गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण