शिल्पा र ट्विंकलसँग एक साथ ‘डेट’ गर्ने अक्षय, धोकाका कारण डिप्रेशनको शिकार भइन् शिल्पा
एजेन्सी - बलिउडकी सदाबहार अभिनेत्री शिल्पा शेट्टी सर्वश्रेष्ठ अभिनेत्रीमध्येमा पर्छिन् । उमेरले ४० कटिसकेकी शिल्पा उस्तै सुुन्दर र जवान देखिन्छिन् । र उनी बलिउडमा पुनः फर्किने तयारीमा छिन् ।
शिल्पाका जीवनका अनेक पाटारुमा उनको अभिनेता अक्षय कुमारसँगको प्रेम पनि एक हो । जुन सम्बन्धले निकै चर्चा पाएको थियो । शिल्पा अक्षयको प्रेममा निकै संवेदनशील थिइन् । उनीहरुको प्रेम चर्चित थियो । शिल्पा अक्षयलाई अत्यधिक प्रेम गर्थिन् । तर, अचानक अक्षयले धोका दिए । त्यसपछि शिल्पा डिप्रेशनको शिकार भइन् । उनलाई डिप्रेशनबाट बाहिर आउन निकै लामो समय लागेको थियो ।
यसै सन्दर्भमा सन् २००० मा भएको एक साक्षात्कारमा शिल्पाले अक्षयसँगको प्रेमको विषयमा एक राज खोलेकी थिइन् । उनले भनेकी थिइन्, ‘जब अक्षय मसँग सम्बन्धमा थिए । उनीसँग दुई वटा समय हुने गथ्र्यो । उनी मसँग हुँदाहुँदै ट्विंकल खन्नासँग पनि प्रेममा थिए । र उनीसँग पनि डेट गर्थे । यो सबै कुरा थाहा पाएपछि म हैरान भएकी थिइन् ।’
उनले अगाडि भनेकी थिइन्, ‘यो मेरो लागि निकै दुखद क्षण थियो । तर मलाई खुशी छ कि म यस्तो दुखद क्षणबाट बाहिर आएँ । हरेक कालो रातपछि उज्यालो बिहान आउँछ । पेशागत रुपमा मेरो समय निकै राम्रो चलेको थियो तर निजी जिवनमा निकै उतार चढाव आएको थियो । यस्तो लाग्थ्यो कि सबै कुरा जीवनबाट टाढा गइसक्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण