सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या १२५ पुग्यो
सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या १ सय २५ पुगेको छ । सेती प्रादेशिक अस्पताल कोभिड–१९ को प्रयोगशालामा गरिएको परीक्षणबाट थप ३७ जना कोभिड–१९ को संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या १ सय २५ पुगेको हो । हालसम्म पिसिआर परीक्षणबाट जम्मा १४५ जना संक्रमित फेला परेकोमा १८ जना निको भइ घर गइसकेका छन् भने २ जना संक्रमितको मृत्यु भइसकेको छ ।
सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य निर्देशनालय डोटीले हरेक दिन गर्ने मिडिया ब्रिफिङ्ग मा सो कुराको जानकारी दिएको हो ।
प्रदेशमा ९ हजार १६६ जनाको स्वाब संकलन गरिएको र ७४८३ जनाको पीसीआर मेसिनबाट जाँच गरिएको जनाएको छ ।
७ हजार ३३८ जनाको रिपोट नेगेटिभ छ भने १४५ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नेरेन्द्रसिह कार्कीले बताए ।
१८ जना निको भएर घर गएका र २ जनाको मृत्यु पश्चात अब संख्या १२५ रहेको उनले बताए । १ हजार ६८३ जनाको नतिजा आउन बाँकी रहेको उनले बताए ।
आज पुष्टि भएका ३७ जनामध्ये कैलाली जानकी गाउपालिका बस्ने वर्ष ४२ को १ जना पुरुष, कञ्चनपुर भिमदत्त नगरपालिका बस्ने वर्ष ३२, ४३ का २ जना महिला र बर्ष २३, २५ र ३२ का ३ जना पुरुष छन ।
त्यसैगरी कञ्चनपुर शुक्लाफाटा नगरपालिकाका बस्ने वर्ष २० का १ जना पुरुष, दार्चुला महाकाली नगरपालिका बस्ने १ जना पुरुष, सोही जिल्लाको तिल्का शैल्यशिखर नगरपालिका बस्ने वर्ष १७ ,२०, २०, २१, २७, २९, ३० र ३४ का पुरुष छन् ।
डडेल्धुरा अमरगढी नगरपालिका बस्ने वर्ष १८ को १ जना महिला र ४५ वर्षको १ जना पुरुष रहेका छन् ।
डडेल्धुरा परशुराम नगरपालिका बस्ने वर्ष २२, २५ र ५७ का पुरुष र डडेल्धुरा कै नवदुर्गा गाउपालिका बस्ने वर्ष २० र २१ का २ जनामा कोरोना पुष्टि भएको उनले बताए ।
संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । आरडिटी विधिबाट ४० हजार ६८२ जनामा परिक्षण गरेको छ ।
३९ हजार १७९ को नतिजा नेगेटिभ छ भने १ हजार ५०३ जना आरडिटी पोजिटिभ भएको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए । यसमा ५४६७३ जना पुरुष र १००३९ जना महिला रहेको उनले बताए ।
प्रदेशमा आइसोलेसन बेड संख्या २४९ रहेको र १०५ जनालाई आइसोलेसनमा राखी उपचार भइरहेको छ । ३०६ जना भने सामान्य उपचार पछि घर गइसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण