मंगलबारको मौसमको पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापिय प्रणालीको प्रभाव रहेको छ ।
यसैगरी, हाल देशको प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका धेरै भूभाग र प्रदेश १ का पहाडी भूभागहरूमा सामान्य बदली रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश सहित प्रदेश २ का केहि भूभागमा आंशिक बदली रहेको देखिन्छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केहि भू(भागमा हल्का बर्षा भइरहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख गरिएको छ ।
मंगलबार दिउँसो प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदुर पश्चिम प्रदेशमा सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली रहनेछ ।
प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानले जनाएको छ ।
यस्तै, राति प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा प्रदेश २, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रहनेछ।
भने प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण