पशुफार्ममा भएको हत्या घटनाको नेकपाद्वारा निन्दा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० स्थित गङ्गादेवी पशुफार्ममा गएराति भएको हत्याको घटनाको भत्र्सना गर्दै दोषीलाई कडा कारवाहीको माग गरेका छन् । रुपन्देही क्षेत्र नं २ का सङ्घीय सांसदसमेत रहनुभएका नेता पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी ४० वर्षीय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षीय करन चौधरी र १७ वर्षीय आशिष चौधरीको त्रासदीपूर्ण एवं विभत्स हत्या भएकाले सो घटनाको विरोध गरेका हुन् ।
‘यस हत्याकाण्डको यथाशीघ्र अनुसन्धान गरी सत्य तथ्य पत्ता लगाउन र दोषी उपर कडाभन्दा कडा कारवाही गर्न नेपाल सरकारका सम्बद्ध निकायको गम्भीर ध्यानाकर्षण गराउँछु । मृतकका परिवारलाई उचित राहत एवं क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्छु’, विज्ञप्तिमा उनले भनेका छन्, ‘समाजमा डरलाग्दो ढङ्गले देखापरिरहेको यस प्रकारको आपराधिक मनोवृत्ति फैलिन नदिन र नागरिकलाई सुरक्षाको प्रत्याभूति गर्नसमेत सम्बद्ध निकायको ध्यानाकर्षण गराउँछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण