विश्व प्रसिद्ध लिङलङ टायर नेपाली बजारमा
काठमाडौं– विश्व प्रसिद्ध कम्पनी लिङलङ ब्राण्डका टायर नेपाली बजारमा भित्रिएका छन् । नेपालका लागि आधिकारिक वितरकको रुपमा डेल्टा डिष्ट्रिब्यूटर्स प्रालिले लिङलङ टायर बिक्री–वितरण गर्ने भएको छ ।
सोमबार एक कार्यक्रमका बीच सो टायरको औपचारिक रुपमा उद्घाटन गरिएको छ । केही महिना पहिले नै डेल्टा डिष्ट्रिब्यूटर्स आधिकारिक वितरकको रुपमा तोकिएको भए तापनि लकडाउनका कारण हाल टायर नेपाल आइपुगेको हो ।
सन् १९७५ मा स्थापित सान्डोङ लिङलङ टायर कम्पनी लिमिटेड चीनको अत्यधिक टायर उत्पादन गर्ने कम्पनी मध्ये एक हो । चीन र थाइल्याण्डमा यसका उत्पादन प्लान्टहरु रहेका छन् । विश्वका १ सय ८० देशहरुमा यी टायर बिक्री–वितरण हुन्छन् । विश्वमा अत्यधिक बिक्री हुने १० टायर कम्पनी मध्ये लिङलङ पनि पर्छ ।
डेल्टा डिष्ट्रिब्यूटर्सले पहिलो चरणमा कार तथा ट्रक बस सेगमेन्टमा प्रयोग हुने टायर बिक्री–वितरण गर्ने जानकारी निर्देशक बिक्रम सिंघानियाले दिए । नेपाली सडक सुहाउँदो टायर भएकाले यसले राम्रो बजार हिस्सा लिने विश्वास लिइएको निर्देशक सिंघानियाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण