बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

दिल्लीका मुख्यमन्त्री केजरीवालको कोरोना परीक्षण

मङ्गलबार, २७ जेठ २०७७, २२ : १५
मङ्गलबार, २७ जेठ २०७७

एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको मङ्गलबार कोभिड–१९ परीक्षणका लागि नमूना सङ्कलन भएको छ । आइतबारदेखि हल्का ज्वरो र घाँटी दुख्ने समस्याजस्ता कोभिड–१९ का विरामीसँग मिल्ने लक्षणहरू देखिएपछि केजरीवाल सोमबारदेखि  सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन्। उनी समुदायबाट अलग बसेका छन् । 

आइतबार दिउँसो ज्वरो आएपछि ५१ वर्षीय केजरीवालले तत्कालका  सार्वजनिक बैठकका कार्यक्रमलाई स्थगित गरेका थिए । स्वास्थ्य मन्त्रालयका अनुसार दिल्लीमा मङ्गलबारसम्ममा २९ हजार ९४३ व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् भने ८७४ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । 

दिल्लीमा उपचारपछि घर फर्किने विरामीको सङ्ख्या ११ हजार ३५७ रहेको छ भने हाल १७ हजार ७१२ सङ्क्रमित व्यक्तिले विभिन्न अस्पतालहरूमा सेवा लिइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप