दिल्लीका मुख्यमन्त्री केजरीवालको कोरोना परीक्षण
मङ्गलबार, २७ जेठ २०७७, २२ : १५
एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको मङ्गलबार कोभिड–१९ परीक्षणका लागि नमूना सङ्कलन भएको छ । आइतबारदेखि हल्का ज्वरो र घाँटी दुख्ने समस्याजस्ता कोभिड–१९ का विरामीसँग मिल्ने लक्षणहरू देखिएपछि केजरीवाल सोमबारदेखि सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन्। उनी समुदायबाट अलग बसेका छन् ।
आइतबार दिउँसो ज्वरो आएपछि ५१ वर्षीय केजरीवालले तत्कालका सार्वजनिक बैठकका कार्यक्रमलाई स्थगित गरेका थिए । स्वास्थ्य मन्त्रालयका अनुसार दिल्लीमा मङ्गलबारसम्ममा २९ हजार ९४३ व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् भने ८७४ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ ।
दिल्लीमा उपचारपछि घर फर्किने विरामीको सङ्ख्या ११ हजार ३५७ रहेको छ भने हाल १७ हजार ७१२ सङ्क्रमित व्यक्तिले विभिन्न अस्पतालहरूमा सेवा लिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण