अष्ट्रेलियामा अध्ययनरत आफ्ना विद्यार्थीहरुलाई चीनको चेतावनी
एजेन्सी । चीनले अष्ट्रेलियामा अध्ययनरत आफ्ना विद्यार्थीहरुलाई सावधानी अपनाउन चेतावनी दिएको छ । आगामी दिनहरुमा त्यहाँ अध्ययनरत आफ्ना विद्यार्थीहरुमाथि जातिवादी आक्रमण हुन सक्ने र त्यसको सामना गनुपर्ने आशंका गर्दै सावधानी अपनाउन आह्वान गरेको हो । चिनियाँ शिक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अष्ट्रेलियामा अध्ययनरत सम्पूर्ण चिनियाँ विद्यार्थीहरुलाई सो आग्रह गरेको हो ।
विज्ञप्तिमा भनिएको छ,‘महामारीका बीच अष्ट्रेलियामा एसियाली मूलका मानिसहरुमाथि विभेदका धेरै घटनाहरु भएका छन् । यी घटनाहरुमा एसियाली मूलका मानिसहरुलाई जानी जानी निशाना बनाइएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को प्रकोप प्रभावकारी रुपमा नियन्त्रण भइसकेको छैन । त्यसैले यो बीचमा त्यहाँका विश्वविद्यालयहरुमा खुल्ला भ्रमण गर्नु निकै जोखिमपूर्ण हुनसक्छ ।’ तर अष्ट्रेलियाका शिक्षामन्त्री दान तेहानले चीनको यो भनाइलाई अस्वीकार गरेका छन् ।
उनले आफ्नो मुलुकका विश्वविद्यालयहरु पूर्ण रुपमा सुरक्षित रहेको दावी गर्दै मंगलबार भने, ‘अष्ट्रेलिया अन्तर्राष्ट्रिय विद्यार्थीहरुको अध्ययनका लागि लोकप्रिय ठाउँ हो, किनकि हामीले यसको प्रत्याभूति दिन सफल भएका छौं । हामीसँग विभिन्न सांस्कृतिक पृष्ठभूमिबाट आएका विद्यार्थीहरु छन्, जसले विश्वस्तरीय शिक्षा लिइरहेका छन् ।’ उनले थप अगाडि भने– ‘हामी पनि कोरोना नियन्त्रण गर्न सफल भएका छौ । त्यसैले हाम्रा विश्वविद्यालयहरु पूर्ण रुपमा सुरक्षित छन् ।’ सन् २०१९ को तथ्याङ्कअनुसार अष्ट्रेलियामा अध्ययनरत चिनियाँ विद्यार्थीहरुको संख्या २० लाभन्दा बढी रहेको बीबीसीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण