बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियामा अध्ययनरत आफ्ना विद्यार्थीहरुलाई चीनको चेतावनी

बुधबार, २८ जेठ २०७७, ०० : ०४
बुधबार, २८ जेठ २०७७

एजेन्सी । चीनले अष्ट्रेलियामा अध्ययनरत आफ्ना विद्यार्थीहरुलाई सावधानी अपनाउन चेतावनी दिएको छ । आगामी दिनहरुमा त्यहाँ अध्ययनरत आफ्ना विद्यार्थीहरुमाथि जातिवादी आक्रमण हुन सक्ने र त्यसको सामना गनुपर्ने आशंका गर्दै सावधानी अपनाउन आह्वान गरेको हो । चिनियाँ शिक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अष्ट्रेलियामा अध्ययनरत सम्पूर्ण चिनियाँ विद्यार्थीहरुलाई सो आग्रह गरेको हो । 

विज्ञप्तिमा भनिएको छ,‘महामारीका बीच अष्ट्रेलियामा एसियाली मूलका मानिसहरुमाथि विभेदका धेरै घटनाहरु भएका छन् । यी घटनाहरुमा एसियाली मूलका मानिसहरुलाई जानी जानी निशाना बनाइएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को प्रकोप प्रभावकारी रुपमा नियन्त्रण भइसकेको छैन । त्यसैले यो बीचमा त्यहाँका विश्वविद्यालयहरुमा खुल्ला भ्रमण गर्नु निकै जोखिमपूर्ण हुनसक्छ ।’ तर अष्ट्रेलियाका शिक्षामन्त्री दान तेहानले चीनको यो भनाइलाई अस्वीकार गरेका छन् ।

उनले आफ्नो मुलुकका विश्वविद्यालयहरु पूर्ण रुपमा सुरक्षित रहेको दावी गर्दै मंगलबार भने, ‘अष्ट्रेलिया अन्तर्राष्ट्रिय विद्यार्थीहरुको अध्ययनका लागि लोकप्रिय ठाउँ हो, किनकि हामीले यसको प्रत्याभूति दिन सफल भएका छौं । हामीसँग विभिन्न सांस्कृतिक पृष्ठभूमिबाट आएका विद्यार्थीहरु छन्, जसले विश्वस्तरीय शिक्षा लिइरहेका छन् ।’ उनले थप अगाडि भने– ‘हामी पनि कोरोना नियन्त्रण गर्न सफल भएका छौ । त्यसैले हाम्रा विश्वविद्यालयहरु पूर्ण रुपमा सुरक्षित छन् ।’ सन् २०१९ को तथ्याङ्कअनुसार अष्ट्रेलियामा अध्ययनरत चिनियाँ विद्यार्थीहरुको संख्या २० लाभन्दा बढी रहेको बीबीसीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप