बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूजिल्याण्ड मात्रै होइन संसारका यी २५ देश भए कोरोना मुक्त

बुधबार, २८ जेठ २०७७, ०९ : ४२
बुधबार, २८ जेठ २०७७

कोरोनाभाइरसको कहरसँग जुधिरहेको संसारका लागि यो राम्रो खबर हो । संसारभरीका यस्ता २५ देश छन् जो पूर्ण रुपमा संक्रमण मुक्त भइसकेका छन् । यी देशमा कोरोनाभाइरसका एकजना पनि एक्टिभ केस पाइएका छैनन् । यो सूचीमा हालै न्यूजिल्याण्ड समावेश भएको छ । यहाँ कोरोनाभाइरसका अन्तिम रोगी सोमबार स्वस्थ भएर घर फर्किएका छन् ।

स्मरण रहोस्, कोरोनाभाइरसले हालसम्म ४ लाख बढीको मृत्यु भइसकेको छ भने ७३ लाख बढी संक्रमित भइसकेका छन् ।

यी देशमा एउटा पनि एक्टिभ केस छैनन्ः

यी २५ देशमा कोरोनाभाइरसका एउटा पनि एक्टिभ केस छैन । यद्यपि, यी देशले अहिले पनि सुरक्षाका उपाय पालना गरिरहेका छन् । यी देश कोरोनाभाइरस मुक्त हुँदा अन्य देशले आफ्नो लडाईंलाई थप प्रभावकारी बनाउनका लागि प्रोत्साहित पनि गरेको छ ।

यी देश जो कोरोना मुक्त भएः

– न्यूजिल्याण्ड

– पपुआ न्यू गिनी

– सेशेल्स

– फिजी

– त्रिनिनाड एण्ड टोब्यागो

– लाओस

– भेटिकन सिटी

– ग्रिनल्याण्ड

– मकाउ

– मोन्टेनेग्रो

– इरिट्रिया

– ब्रिटिश भर्जिन आइल्याण्ड

– फल्कल्याण्ड आइल्याण्ड

– सेन्ट पियरे मिक्वेलन

– अङ्ग्वेलिया

– सेन्ट बार्थ

– क्यारिबियन नेदरल्याण्ड

– मोन्टसेराट

– टकर्स एण्ड साइकोज

– सेन्ट किट्स एण्ड नेविस

– तिमोर लेस्टे

– फ्रेन्च पोलेनेशिया

– अरुबा

– फाइरो आइल्याण्ड

– आइले अफ म्यान

स्रोतः नवभारत टाइम्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप