न्यूजिल्याण्ड मात्रै होइन संसारका यी २५ देश भए कोरोना मुक्त
कोरोनाभाइरसको कहरसँग जुधिरहेको संसारका लागि यो राम्रो खबर हो । संसारभरीका यस्ता २५ देश छन् जो पूर्ण रुपमा संक्रमण मुक्त भइसकेका छन् । यी देशमा कोरोनाभाइरसका एकजना पनि एक्टिभ केस पाइएका छैनन् । यो सूचीमा हालै न्यूजिल्याण्ड समावेश भएको छ । यहाँ कोरोनाभाइरसका अन्तिम रोगी सोमबार स्वस्थ भएर घर फर्किएका छन् ।
स्मरण रहोस्, कोरोनाभाइरसले हालसम्म ४ लाख बढीको मृत्यु भइसकेको छ भने ७३ लाख बढी संक्रमित भइसकेका छन् ।
यी देशमा एउटा पनि एक्टिभ केस छैनन्ः
यी २५ देशमा कोरोनाभाइरसका एउटा पनि एक्टिभ केस छैन । यद्यपि, यी देशले अहिले पनि सुरक्षाका उपाय पालना गरिरहेका छन् । यी देश कोरोनाभाइरस मुक्त हुँदा अन्य देशले आफ्नो लडाईंलाई थप प्रभावकारी बनाउनका लागि प्रोत्साहित पनि गरेको छ ।
यी देश जो कोरोना मुक्त भएः
– न्यूजिल्याण्ड
– पपुआ न्यू गिनी
– सेशेल्स
– फिजी
– त्रिनिनाड एण्ड टोब्यागो
– लाओस
– भेटिकन सिटी
– ग्रिनल्याण्ड
– मकाउ
– मोन्टेनेग्रो
– इरिट्रिया
– ब्रिटिश भर्जिन आइल्याण्ड
– फल्कल्याण्ड आइल्याण्ड
– सेन्ट पियरे मिक्वेलन
– अङ्ग्वेलिया
– सेन्ट बार्थ
– क्यारिबियन नेदरल्याण्ड
– मोन्टसेराट
– टकर्स एण्ड साइकोज
– सेन्ट किट्स एण्ड नेविस
– तिमोर लेस्टे
– फ्रेन्च पोलेनेशिया
– अरुबा
– फाइरो आइल्याण्ड
– आइले अफ म्यान
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण