अमेरिकामा कोरोना संक्रमितको संख्या २० लाख पार, ट्रम्पद्वारा चुनावी सभाको घोषणा
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कम्तीमा चार राज्यमा आफूले चुनावी सभाको आयोजना गर्ने घोषणा गरेका छन् । कोभिड–१९ का कारण चुनावी सभा स्थगित गरिएको थियो ।
ह्वाइट हाउसमा पत्रकारलाई सम्बोधन गर्दै ट्रम्पले आफ्नो सभा ओक्लाहोमा, फ्लोरिडा, एरिजोना र उत्तरी क्यारोलीनामा सुरु गर्ने बताएका छन् ।
उनले भने, ‘सम्भवतः सबैभन्दा पहिले म ओक्लाहोमामा टस्लाबाट सभाको घोषणा गर्नेछ । यो र्याली अर्को शुक्रबारदेखि सुरु हुनेछ ।’
कोभिड–१९ को संक्रमणलाई थप फैलनबाट रोक्न र खतरालाई कम गर्नका लागि कस्ता प्रकारको सावधानी अपनाइनेछ भनेर केही जानकारी भने दिएनन् ।
ट्रम्पको प्रतिस्पर्धा डेमोक्रेटट नेता जो बिडेनसँग छ । अमेरिकामा यसै वर्ष नोभेम्बरमा राष्ट्रपति पदका लागि चुनावको आयोजना हुँदैन ।
वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार अमेरिकामा हालसम्म २० लाख बढी संक्रमित रहेका छन् भने मृतकको संख्या १ लाख १५ हजार नाघेको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण