अमेरिकामा कोरोना संक्रमितको संख्या २० लाख पार, ट्रम्पद्वारा चुनावी सभाको घोषणा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कम्तीमा चार राज्यमा आफूले चुनावी सभाको आयोजना गर्ने घोषणा गरेका छन् । कोभिड–१९ का कारण चुनावी सभा स्थगित गरिएको थियो ।
ह्वाइट हाउसमा पत्रकारलाई सम्बोधन गर्दै ट्रम्पले आफ्नो सभा ओक्लाहोमा, फ्लोरिडा, एरिजोना र उत्तरी क्यारोलीनामा सुरु गर्ने बताएका छन् ।
उनले भने, ‘सम्भवतः सबैभन्दा पहिले म ओक्लाहोमामा टस्लाबाट सभाको घोषणा गर्नेछ । यो र्याली अर्को शुक्रबारदेखि सुरु हुनेछ ।’
कोभिड–१९ को संक्रमणलाई थप फैलनबाट रोक्न र खतरालाई कम गर्नका लागि कस्ता प्रकारको सावधानी अपनाइनेछ भनेर केही जानकारी भने दिएनन् ।
ट्रम्पको प्रतिस्पर्धा डेमोक्रेटट नेता जो बिडेनसँग छ । अमेरिकामा यसै वर्ष नोभेम्बरमा राष्ट्रपति पदका लागि चुनावको आयोजना हुँदैन ।
वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार अमेरिकामा हालसम्म २० लाख बढी संक्रमित रहेका छन् भने मृतकको संख्या १ लाख १५ हजार नाघेको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म
-
पश्चिमबाट पूर्वतर्फ सर्दै बादल, ठाउँ ठाउँमा वर्षा
-
शाक्यको ‘करूणा’ माथि धुलिखेलमा विमर्श