काठमाडौं उपत्यकामा सवारी चाप बढ्यो
काठमाडौं । सरकारले लकडाउनलाई खुकुलो बनाउँदै सवारी साधन सञ्चालनमा जोर, विजोर प्रणाली लागू गरेपछि उपत्यकामा सवारी चाप बढेको छ । काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी सधनको चाप उच्च देखिएको छ । सडकमा सवारी चाप बढेपछि केही ठाउँहरुमा सवारी जाम समेत भएको छ । काठमाडौंको त्रिपुरेश्वर, थापाथली, बानेस्वर, जमल लगायतका ठाउँमा सवारी चाप अत्याधिक बढेको देखिन्छ । सवारी साधनको चाप बढेसँगै प्रहरीले सवारी साधनको जाँचलाई तिब्रता दिएको छ । शुक्रबार अर्थात ३० गते जोर नम्बरका सवारी साधन मात्रै सञ्चालन गर्न पाइने भएकाले प्रहरीले बिजोर नम्बरका सवारी साधनलाई फर्काइदिएको छ ।
मोटरसाइकलमा जोर विजोर नम्बर लागू हुने या नहुने भन्ने सम्बन्धमा अन्यौल देखिएका कारण दुवै नम्बर प्लेटका मोटरसाइकलहरु सडकमा देखिएका छन् । जोर विजोर चलाउने विषयमा अन्योल देखिएपनि प्रहरीले बिजोर नम्बर प्लेट रहेका सवारीसाधनलाई कारबाही गरेको छ । यस्तै मोटरसाइकलको पछाडि बसेर यात्रा गर्ने मानिसहरुलाई झारेर पठाएको छ । चारपाङ्ग्रे सवारी साधनमा पनि चालक बाहेक २ जनाभन्दा बढी यात्रा गरेको पाइए कारबाही गरेको छ । यसबाहेक अत्यावश्यक सेवाका सवारी साधनलाई भने सञ्चालन गर्न दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण