जब करिनाले गरिन् खुलासाः सबैले भनेका थिए सैफसँग विवाह गरे पछुताउनेछौ किनभने उनी...
सैफ अली खान र करिना कपुर खान बलिउडका निकै चर्चित जोडीमध्येका एक हुन् । यो जोडी अक्सर लाइमलाइटमा आइरहन्छन् । सैफ र करिनाले सन् २०१२ मा विवाह गरेका थिए र यी दुईको विवाह निकै चर्चामा रह्यो । यतिमात्रै होइन, जब करिनाले छोरा तैमुरलाई जन्म दिइन् तब तैमुर पनि अत्यधिक चर्चामा आएका थिए । करिना र सेफले थुप्रै चलचित्रमा सँगै काम गरेका छन् । फिल्म टशनमा यो जोडी नजिकिएको थियो र धेरै समयसम्म डेट गरेपछि करिना र सैफले विवाह गर्ने निर्णय गरे । शाहरुख खानको एउटा पुरानो भिडियो भारतीय मिडियामा पुनः चर्चामा आएको छ जसमा करिनाले सैफ अली खानसँगको विवाहबारे कुरा गरिरहेको देख्न सकिन्छ ।
यो भिडियो करण जोहरको कार्यक्रम कफी विद करणको हो जसमा करिना प्रियंका चोपडासँग पाहुना बनेर पुगेकी थिइन् । जब करण जोहरले उनको र सैफ अली खानको विवाहबारे प्रश्न सोधे तब नायिकाले आफूलाई धेरैले सैफसँग विवाह नगर्न सुझाव दिएको बताइन् । कतिले त उनीसँग विवाह गरेपछि निम्तिने सम्भावित परिस्थितीका लागि पनि चेतावनी दिएको उनले बताइन् ।
नायिकाले भनिन्, ‘जब मैले सैफसँग विवाह गर्ने निर्णय गरेँ तब धेरैले मलाई यस्तो नगर्न भने । उनीहरुले सैफ पहिले नै विवाहित भएको र उनका दुई सन्तान भएको पनि मलाई बताए । ‘उनको सम्बन्धविच्छेद भएको छ, के तिमी साँच्चै नै यस्तो गर्न चाहन्छौ ?’ धेरैले उनलाई भने । कतिले त सैफसँग मैले विवाह गर्दा मेरो करियर नै ध्वस्त हुने पनि बताए । मानिसहरुको कुरा सुनेर मलाई यस्तो लागेको थियो कि प्रेम गर्नु कुनै अपराध हो, कसैसँग विवाह गर्नु पनि अपराध हो । त्यसपछि मैले सोचेँ कि ट्राई गरौं, हेरौं के हुन्छ ।’
स्मरण रहोस्, सन् २००४ मा सैफले आफ्नी जेठी श्रीमती अमृतासँग सम्बन्धविच्छेद गरेका थिए । अमृता र सैफका दुई सन्तान सारा र इब्राहिम छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण