चीनको राजधानीमा कोरोना संक्रमणका नयाँ केस
चीनको राजधानी बेइजिङमा कोरोनाभाइरसका नयाँ केस फेला परेको छ ।
५२ वर्षीय मानिसमा देखापरेको उक्त केसलाई स्थानीय संक्रमण मानिएको छ । उक्त व्यक्ति विगत दुई हप्तादेखि बेइजिङबाट बाहिर गएका तथा बाहिरबाट आएका कोही व्यक्तिसँग सम्पर्कमा आएका पनि थिएनन् ।
त्यसै गरी हिजो नै चीनमा विदेशबाट आएकाहरुमध्ये ६ जनामा संक्रमणका नयाँ केसहरु फेला परेका थिए ।
कोभिड–१९ विरुद्ध खोप बनाउने कोशिशमा जुटेका अमेरिकी बायोटेक कम्पनी मोडेर्नाले यही जुन महिनामा आफ्नो खोपको तेस्रो चरणको परीक्षण गर्ने जनाएको छ । यस चरणमा ३० हजार मानिसहरुमा खोपको परीक्षण गरिने छ ।
एउटा अध्ययन रिपोर्टले दैनिक १.९० डलरभन्दा कम आम्दानी हुनेहरु कोरोनाभाइरसको संक्रमणले बढी पिरोलिने देखिएको छ । सो रिपोर्टका अनुसार, संसारभरिमा १ अरब मानिसहरुमा कोरोनाको संक्रमण फैलिन सक्ने छ ।
लकडाउन खुकुलो पारे पनि दक्षिण कोरियाले भौतिक दूरीसम्बन्धी आफ्नो नीतिलाई झनै कडा पारेको छ । उसले कोरोनाको संक्रमण एक नम्बरवाला अंकमा नझरेसम्म भौतिक दूरीसम्बन्धी कडाइलाई झनै कडाइका साथ लागू गर्ने जनाएको छ ।
त्यसअनुसार दक्षिण कोरयाका स्वास्थ्यमन्त्री पार्क नेउङ–हुले सियोलका वासिन्दाहरुलाई सकेसम्म घरभित्रै बस्न र बिनाकाम बाहिर ननिस्कन आव्हान गरेका छन् । हिजो बिहीबार मात्रै कोरियामा संक्रमणका २६ नयाँ केसहरु फेला परेका थिए । कोरियामा लकडाउन खुकुलो पारिएपछि नाइटक्लब, धार्मिक स्थलहरु, संग्रहालय, पार्कहरु अझै बन्द नै राखिएका छन् ।
माल्दिभ्सले पनि २ महिना लामो लकडाउन खकुलो पार्ने जनाएको छ । त्यहाँ घरेलु उडानहरु खुल्नेछ । रेष्टुरा तथा क्याफेहरु त्यहाँ बसेर खान नपाउने, घरमा लान पाउने गरी खुल्ने छन् । त्यसैगरी, माल्दिभ्सले एकअर्काकोमा पाहुना लाग्ने गरी पारिवारिक भ्रमणमा पनि रोक लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण