नेपाल पहिलोपटक राष्ट्रसंघको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा निर्वाचित
काठमाडौं – नेपाल पहिलोपटक संयुक्त राष्ट्रसंघको ७५औं महासभाको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा निर्वाचित भएको छ । पहिलोपटक नेपालका तर्फबाट राष्ट्रसंघका लागी नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राई सर्वसम्मतिले निर्वाचित भएका हुन् । राष्ट्रसंघ महासभामा हुने ६ वटा मुख्य कमिटीमध्ये उक्त कमिटी पनि निकै महत्वपूर्ण मानिन्छ । यो कमिटीको नेतृत्व गरेसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई सकारात्मक भूमिका निर्वाह गर्ने महत्वपूर्ण अवसरको ढोका खुलेको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।
विश्वका अल्पविकसित देशहहरुले सामना गर्र्दै आइरहेका समस्याहरुमा केन्द्रीत हुने भएकोले पनि आर्थिक तथा वित्तिय कमिटीको महत्व बढेको छ । अल्पविकसित मुलुकहरुले सामाना गर्दै आइरहेका समस्या, विकास, गरिबी उन्मूलन, व्यापार, विश्वव्यापीकरण, अन्तर्र्राष्ट्रिय वित्तीय प्रणाली, विकासका लागि सूचना तथा प्रविधि, जलवायु परिवर्तन लगायतका विषय यस कमिटीले हेर्ने गरेको छ । नेपालका लागि यसलाई एउटा महत्वपूर्ण अवसरका रुपमा लिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण