चीनमा तेल ट्याङकरमा विष्फोट, १० जनाको मृत्यु
शनिबार, ३१ जेठ २०७७, २३ : ५१
एजेन्सी । चीनको झुजियाङ राज्यको वेनलिङ शहरस्थित राजमार्गमा एक तेल ट्याङकरमा विष्फोट हुँदा १० जनाको मृत्यु भएको छ । विष्फोटमा परेर ११७ जना घाइते भएका छन् ।
स्थानीय अधिकारीहरुका अनुसार विष्फोटबाट आसपासका घर र फ्याक्ट्रीमा पनि क्षति पुगेको छ । शनिबार भएको सो विष्फोटमा केही कार र दुईवटा गाडी समेत ध्वस्त भएका छन् ।
विष्फोटपछि राजमार्गका वरिपरिको क्षेत्रमा कालो धुँवाको मुस्लो फैलिएको थियो । प्रहरीले सुरक्षाका लागि अहिले उक्त राजमार्ग बन्द गरिदिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण