बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

चीनमा तेल ट्याङकरमा विष्फोट, १० जनाको मृत्यु

शनिबार, ३१ जेठ २०७७, २३ : ५१
शनिबार, ३१ जेठ २०७७

एजेन्सी । चीनको झुजियाङ राज्यको वेनलिङ शहरस्थित राजमार्गमा एक तेल ट्याङकरमा विष्फोट हुँदा १० जनाको मृत्यु भएको छ । विष्फोटमा परेर ११७ जना घाइते भएका छन् ।

स्थानीय अधिकारीहरुका अनुसार विष्फोटबाट आसपासका घर र फ्याक्ट्रीमा पनि क्षति पुगेको छ । शनिबार भएको सो विष्फोटमा केही कार र दुईवटा गाडी समेत ध्वस्त भएका छन् ।

विष्फोटपछि राजमार्गका वरिपरिको क्षेत्रमा कालो धुँवाको मुस्लो फैलिएको थियो । प्रहरीले सुरक्षाका लागि अहिले उक्त राजमार्ग बन्द गरिदिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप