अझै झस्किन्छन् रुकुम घटनाका घाइते, भन्छन्, ‘आँखाअगाडि मारेर भेरीमा फालेको दृश्य फनफनी घुमीरहन्छ’
जाजरकोट – जिल्लाको भेरी नगरपालिका–४ का सुदीप खड्काको शरीरको चोट बिस्तारै ठिक हुँदैछ । तर, घटनाको पीडा र त्रास भने बढ्दो छ । बेलाबेला त्यही घटना सम्झेर झस्किन्छन्, अनि तर्सिन्छन् पनि ।
भेरी नगरपालिकाका नवराज विकसहित ६ जनाको ज्यान जाने गरी गत जेठ १० गते रुकुमको चोरजहारमा भएको घटनाका घाइते हुन् सुदीप । सुदीपसहित १२ जनाले बल्लतल्ल ज्यान जोगाए ।
तर उनीहरुलाई मरणासन्न हुनेगरी कुटिएको थियो । गाउँलेले चिर्पट, हँसिया, ढुंगाले हान्दाहान्दै सुदीपलाई प्रहरीले समातेर मिसन अस्पताल लगेको थियो ।
बेलाबेला उनलाई त्यही नवराज लगायतकाा साथीले ‘बचाउ बचाउ’ भनेको आवाज गुञ्जिरहन्छ । ‘मेरो आँखाअगाडि मारेर भेरीमा फालेको दृश्य फनफनी घुमीरहन्छ ।’
सुदीप मात्र होइन, घटनामा बाँच्न सफल १२ जनाको अवस्था यतिबेला असामान्य छ । प्रायः सबै घाइतेलाई मानसिक तनावमा छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजेन्द्र कार्कीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण