कोरोनाको कथामा फिल्म बनाउँदै सुदर्शन
काठमाडौं । प्रेमकथामा फिल्म बनाउँदै आएका निर्देशक सुदर्शन थापा यतिबेला नयाँ फिल्मको तयारीमा छन् । यो लकडाउनको समय पुरै फिल्म लेखनमा सदुपयोग गरेर उनी नयाँ फिल्म निर्माणमा लाग्न लागेका हुन् । लेखन कार्य अन्तिम चरणमा रहेको फिल्मले कोरोनाको बिषय उठाउने बताइएको छ । फिल्मले कोरोनाको कहरमा संघर्षरत प्रेमकथा समेत देखाउनेछ ।
कोरोनाको कहर सामान्य हुने बितिकै फिल्मको छायाँकन सुरु गर्ने निर्देशक सुदर्शनले जानकारी दिए । केही समयपछि कलाकार छनोट हुनेछन् । हुन त सुदर्शनका दुई फिल्म ‘सम्हालिन्छ कहिले मन’ र ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनमा आउन बाँकी छन् । कोरोनाको कहरका कारण बन्द भएका फिल्म हलमा कहिलेदेखि फिल्म लाग्ने अझै टुङ्गो छैन । तर, सुदर्शन भने एकपछि अर्काे फिल्म थुपार्न ब्यस्त छन् ।
अहिले बन्न लागेको फिल्म सुदर्शनले अभिनेत्री पूजा शर्मासँग मिलेर नै बनाउन लागेका हुन् । केही चलचित्रमा निर्माण सहकार्य गरिसकेका सुदर्शन पूजाको यो फिल्ममा नयाँ तथा पुराना कलाकारको अभिनय रहने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण