सोमबारदेखि युरोपेली सिमाना खुल्ला
एजेन्सी । युरोपेली मुलुकहरुको आपसी सिमाना सोमबारदेखि पुनः खुल्ला गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमणको डरका कारण विगत झण्डै तीन महिनादेखि ती देशहरुको सिमाना बन्द गरिएको थियो ।
सिमानाहरु खुल्ला गरिएपनि कतिपय शर्त तथा प्रतिबन्धनाात्मक व्यवस्था भने अझै पनि लागु नै हुने अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी अमेरिकी, एशियाली र अन्य विदेशी पर्यटकहरुलाई पनि युरोपेली देशहरुमा प्रवेशका लागि अझै खुल्ला गरिएको छैन । युरोपेली संघ अन्तर्गतका २७ देशहरु र केही ‘सेन्जेन’ देशहरुसँगै संघको सदस्य नरहेका देशहरुमा पनि अन्य देशका नागरिकहरु केही समय आवतजावत नगर्ने अपेक्षा गरिएको छ । यो अवस्था कम्तीमा पनि अर्को महिना शुरु नहुदासम्म रहने अनुमान गरिएको छ ।
सिमाना खुल्ला गरिएको र रेस्टुरेन्टहरु पुनः सञ्चालन गर्नेसम्वन्धी घोषणा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले गरेका थिए । उनले सङ्कटपछिको नयाँ अवस्थामा आफुहरु फर्किएको बताउँदै सङ्कटविरूद्धको लडाईंपछि पहिलो नयाँ थालनी भएको उल्लेख गरे ।
उनले महामारी विरूद्धको लडाईंको नयाँ चरणमा प्रवेश गरिएपनि चुनौती र खतरा भने कायमै रहेको ध्यानाकर्षण गराए । राष्ट्रपति म्याक्रोँले भने– ‘हामी फेरि केही खुकुलो भयौँ भन्नुको अर्थ भाइरस पुरै हराइसक्यो भन्ने बुझ्नु हुँदैन ।’ युरोपेली देशहरूमा अहिलेसम्म कोरोनाभाइरसका कारण झण्डै एक लाख ८२ हजार जनाको मृत्यु भइसकेको तथ्याङ्क छ भने झण्डै २० लाख मानिस सङ्क्रमित भएका थिए ।
अमेरिकाको जोन्स हकिन्स विश्वविद्यालयले विश्वभरी झण्डै ८० लाख मानिस सङ्क्रमित भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण