जुम्लाका क्वारेन्टिनबाट २४९ जना घर फिर्ता
जुम्ला । कोभिड १९ को सङ्क्रमण रोकथामका लागि जुम्लाका क्वारेन्टिनमा बसेका २४९ जना घर फर्किएका छन् । भारतलगायत अन्य मुलुकबाट आएका व्यक्ति क्वारेन्टिन अवधि पूरा गरी घर फर्किएका हुन ।
पिसिआर परीक्षणमा नतिजा नेगेटिभ आएपछि जिल्लाका एक नगरपालिकासहित सात गाउँपालिकाका विभिन्न स्थानमा क्वारेन्टिनमा बसेका ती व्यक्ति घर फर्किएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । आठवटा स्थानीय तहमध्ये तिला गाउँपालिका र हिमा गाउँपालिकाका क्वारेन्टाइनमा मात्रै ५०० जनालाई राखिएको थियो । तिला, गुठीचौर, पातारासी र चन्दननाथ नगरपालिकाका क्वारेन्टाइनका व्यक्ति धैरैजसो घर फर्किसकेको जनस्वास्थ्य कार्यलयल जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए । यहाँका आठवटै स्थानीय तहमा ८०० श्यया क्षमताको क्वारेन्टाइन तयार गरिएको छ ।
क्वारेन्टाइनमा बसेका २५७ जनाको पिसिआर परीक्षण गरिएकोमा २८ जनाको रिपोर्ट पोजेटिभ आएको कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । हाल जिल्लामा ५२८ जान क्वारेन्टिनमा छन् भने जिल्लाका आठवटै हेल्थ डेस्कमा अहिलेसम्म करीब १२ हजार १२९ जनाले स्वास्थ्य परीक्षण गराएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमई पे र खल्तीबिचको मर्जरमा राष्ट्र बैंकले दियो अन्तिम कारोबारको स्वीकृति
-
हरित अर्थतन्त्रको प्रवर्द्धनमार्फत आर्थिक वृद्धिका चुनौतीको सामना गर्नसक्छौँ : उपप्रधानमन्त्री पौडेल
-
सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु
-
१४ सरकारी अस्पतालबाट सहुलियतमा क्यान्सरको उपचार हुने
-
बीसीसीआईले कोची टस्कर्सलाई ५३८ करोड भारु क्षतिपूर्ति तिर्नुपर्ने
-
कृषाको ‘जहाजैमा’मा जापानीज अभिनेत्री रजेलले अभिनय गर्ने