गोली हानाहानमा ७ तालिबानी लडाकू मारिए
मङ्गलबार, ०२ असार २०७७, १६ : २८
एजेन्सी । अफगानिस्तानको दक्षिण प्रान्त हेलमाण्डको गेरेशक जिल्लामा सुरक्षा अधिकारी र तालिबान लडाकूबीच भएको दोहोरो झडपमा परी सात लडाकू मारिएका जिल्ला प्रहरी प्रमुख मोहमद खपाल्वाकले बताउनु भएको छ ।
मङ्गलबार बिहान सबेरै भएको यस दोहोरो झपडको क्रममा तालिबानी लडाकूहरु भागेका तर सात जनाको शव भने घटना स्थलमा फेला परेको बताइएको छ ।
तालिबान लडाकू समूहले भने यस विषयमा हालसम्म कुनै टिप्पणी गरेका छैनन् । छिमेकमा पर्ने सङ्गीन जिल्लामा सोमबार यस्तै प्रकारको झडप भएको र यसमा परी अन्य तीन लडाकू मारिएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । –सिन्हवा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण